• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार र प्रबद्र्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ । 
    चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराको साथ फागुन २६ गते पथरीशनिश्चरे—१, को भुल्केमा हुने भएको छ । 
    धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी दिवस बारे जानकारी गराएको हो । 
    दिवसमा धिमाल परिकारको चिचिरी गेन्द्रो (फरक धान चामलको स्टिम भात), तोले (बगीया), चुदुर (घँगी), पायाको बिहा (बंगुरको मासु), गोरा (माछा), हाया (स्थानीय रक्सी) लगायतका परिकारहरु रहने बताइएको छ ।
    दिवसमा आयोजक आफैले यी परिकारहरु तयार गरेर बिक्री गर्ने आयोजक समितिको सचिव रोमान्सि धिमालले बताए । 
    धिमाल परिकारको प्रचार र सांस्कृतिक प्रदर्शनी स्वरुप दिवस मनाउदै आएको आयोजक समितिको सहअध्यक्ष केदार धिमालले जानकारी दिए । 
    बिहानदेखि औपचारिक कार्यक्रम हुने र साँझमा भने चर्चित गायिका रचना रिमालको बेजोड प्रस्तुती रहने आयोजक धिमाल जातीय विकास केन्द्रको केन्द्रीय अध्यक्ष अमरबहादुर धिमालले जानकारी दिए । 
    रिमालसँगै गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहने बताइएको छ । 
    कार्यक्रममा ५ लाख रुपैयां खर्च अनुमानि गरिएको सचिव अजित धिमालले बताए । उक्त कार्यक्रमको लागि गेटमा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लिने र बाँकी रकम स्थानीय सरकारहरु तथा सहयोगीहरुबाट संकलन हुने बताइएको छ । धिमाल समुदायको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि दिवस मनाउन लागिएको सो संगठनले जनाएको छ । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय सचिवालय सदस्य मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…