• धरान / युवती अपहरण कार्यमा संलग्न रहेको आशंकामा सुनसरीबाट ५ जना पक्राउ परेका छन् । स्थानीय युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरी पश्चात खोजिका क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । अपहरणकारीहरुले पीडित पक्ष समक्ष फिरौतीका लागि पटक पटक दबाब दिएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको छ । सुनसरीको हरिनगर गाउँपालिकाका १ बाट वेपत्ता पारिएकी युवती फिरौतीको माग दावी गर्ने समूहका ५ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

    स्थानीय १८ वर्षिय युवतीलाई सोही स्थानका जाकिर साफी र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको भनि परिवारले प्रहरीमा उजुरी गरेको थियो । साेही उजुरीकाे अाधारमा प्रहरीले युवति अपहरणमा संलग्न हरिनगर गाउँपालिका २ बस्ने वर्ष २५ को नजिम साफी सहित सोही स्थानका वर्ष २९ को शमसाद अन्सारी, वर्ष ४५ को अकबर साफी, वर्ष २९ को आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राईलाृइ पक्राउ गरी अनुशन्धान अघाडी बढाएकाे छ ।

    घटनाबारे जानकारी पश्चात केटी पक्षले वेपत्ता पार्ने समूहका आफन्तलाई फिर्ताकालागि आग्रह गरेपनि युवती वेपत्ता पार्ने कार्यमा संलग्न भनिएका हजरतका दाजु आलम साफीले उल्टै फिरौतीका लागि नगद ५ लाख दाबी गरेपछि घटना बाहिरिन पुगेको थियो । पटक पटक पीडित परिवार समक्ष अपहरणकारी समूहले रकमको मोलमोलाई गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

    केटी पक्षलाई रकमका लागि ताकेता गर्दै तत्काल २५ हजार बुझाउन भनेपछि केटी पक्षले इटहरी ९ का विशाल राईको नाममा क्ष्ःभ् गरेको पाइएको प्रहरी अनुसन्धानको क्रममा फेला परेको छ ।

    पक्राउ परेकाहरु उपर अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गरि थरी म्याद थप गरिएको छ । म्याद थप पश्चातको थप अनुसन्धान अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।प्रहरीले अपहरणकारी पक्राउ गरेपनि वेपत्ता युवतीको अवस्था भने यकिन हुन सकेको छैन् । अनुसन्धान भैरहेको बताउने सुनसरी प्रहरीले पक्राउ परेकाहरुबाट घटनाका सम्वन्धमा विस्तृत रुपमा बुझ्ने काम भैरहेको जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…