• मोरङ । मोरङको पथरीशनिश्चरे—४ मा बस्दै आएको १६ बर्षिय किशोरीलाई लालाइफकाइ यौनिक  दुरुत्साहन गरी आफ्नै मृत्यु गर्नसम्म बाध्य पारेको अभियोगमा १६ बर्षिय युवालाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । 
    गएको फागुन २९ गते राति १६ बर्षिया किशोरीले आफ्नै मृत्युको बाटो रोजेका थिए । आफ्नै कोठामा मृत फेला परेकी किशोरीको शव पोष्ट मार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको छ । 
    अनुसन्धानको क्रममा पथरीशनिश्चरे ८ का १६ बर्षिय रोहित उप्रेतीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । 
    मृतक किशोरीका बाबु राजेन्द्र विश्वकर्माले बिहिबार इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेर गर्दै रोहितले छोरीलाई दुरुत्साहन गरेर मृत्युको बाटो रोज्न बाध्य बनाएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् । 
    रोहितले १६ बर्षीय छोरीलाई बिबाह गर्छु भनेर मेला लगायतका स्थानहरुमा घुमाउने, हिडाउने गरेको राजेन्द्रको जाहेरी पत्रमा उल्लेख छ । छोरीले रोहित उप्रेतीलाई बिबाह गर्नुपर्ने प्रस्ताब राख्न थालेपछि जात निमिलेको कारण रोहितले बिबाह नगर्ने भनेर अस्वीकार गरेर दुरुत्साहन गरेको र उक्त धोका सहन नसकी छोरीले आफ्नै हत्या गर्न बाध्य भएको बिश्वकर्माको जाहेरी पत्रमा उल्लेख छ । 
    छोरीलाई आफ्नै हत्या गर्नसम्म बाध्य पारेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी परेको हो । आरोपित उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…