• मोरङ । डम्पिङ साइडबाट निश्किने दुर्गन्धित धुँवाले बजारबासीमा गम्भीर समस्या ल्याएपनि उचित ध्यान नदिइएको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थानीयबासी तथा संघ, संस्थाहरु दैनिक रुपमा ज्ञापन पत्र बुझाउन आउने क्रम बढ्दो छ । 
    पथरीशनिश्चरे नगरपालिकामा रहेको १० वटै वडाबाट निस्किने फोहोर मैला नगरपालिकाले सदरमुकाम पथरी बजार उत्तर खोला छेउ जंगलमा फाल्ने गरको छ । पूर्ब पश्चिम मुख्य सडक जाँते मोड उत्तर बजारदेखि करिव अढाइ किलो मिटरको दुरीमा नगरको ट्याक्टर, ट्रिपरले मैला फाल्ने गरेको छ । 
    नगरभरीको फोहोर मैला बजार नजिकै फाल्ने तर थप व्यवस्थापन नभएको कारण बर्षौदेखि पथरीबासी डम्पिङ साइडको दुर्गन्ध र जलाइने धुँवाले पीडित बन्दै आएको बजारी बासी रोशन थक्लुङले बताए । 
    बजार नजिकै फोहोर फाल्ने, जथवाभी जलाइने फोहोर मैलाको धुँवाले कहिले राति, कहिले बिहान त कहिले दिउसो पथरी बजार छ्याप्पै छोप्ने गरेको छ । सडेगलेको फोहोर र प्लष्टिक जन्य दुर्गन्धित समान जलाउदा आउने पिरो धुँवा र पथरी तथा पैनीबाट आउने फोहोरको दुर्गन्धले बजारबासीको स्वास्थ्यमा गम्भीर समस्या आइरहेको फुलबारी चोकका रोशन हाङबाङले बताए । डम्पिङ साइडको पिरो धुँवाले पथरीबासीको आँखाबाट आँशु र नाकबाट स्वास प्रश्वासमा समेत समस्या हुने गरेको छ । 
    डम्पिङ साइडको पिरो धुँवाले मावनको स्वास्थ्यमा मात्र होइन जंगली जनावर र चराचुरुङ्गीलाई समेत असर देखिने गरेको बताइएको छ । फोहोर मैलाको कारण सुग्घर बस्ने जंगली जनावर र चराचुरुङ्गीहरु समेत पातलिन्दे गएको छ । 
    धुँवा र फोहोरको दुर्गन्धले पथरीबासीको स्वास्थ्यमा समस्या आएको भन्दै पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष धनकुमार तामाङ लामो समयदेखि फोहोर मैला व्यवस्थापन गर्न नगरपालिकालाई दबाब दिदै आएका छन् । 
    यसै क्रममा बिहिबार (चैत्र १) शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणी गुरुङको नेतृत्वमा गएको टोलीले पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोलाई ज्ञापन पत्र बुझाउदै डम्पिङ साइटको वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरेको छ । 
    डम्पिङ साइड शान्ति वनको क्षेत्रमा पर्दछ । फोहोर मैला फाल्ने तर व्यवस्थापन नभएको करण उपभोक्ता र पथरीबासीको स्वास्थ्यमा गम्भीर समस्या आइरहेकोले नगरले वैकल्पिक व्यवस्थापन नभए सो स्थानमा फोहोर मैला लानै नदिने सुझाव आइरहेको ज्ञापन पत्रमा उल्लेख छ । 
    बुधबार धनकुमार तामाङ, दिपेश थापा लगायतको टोलीले यसैगरी ज्ञापन पत्र बुझाउदै नगरपालिकाले समस्या सामाधान गर्न नसके, गर्न सक्दैनौ भनेर जिम्मा दिनुपर्ने चुनौती दिएका थिए । 
    नगर प्रमुख तुम्बापोले भने डम्पिङ साइडबाट धुँवा र गर्दन्ध आउन थालेपछि रातदिन बजारबासीबाट फोन आउने गरेको र पछिल्लो समयमा दैनिक निवेदन तथा ज्ञापन पत्र आउन थालेको बताएका छन् । 
    डम्पिङ साइडबाट आउने धुँवा र दर्गन्धको हटाउन दीर्घकालिन, तत्कालीन समाधानको प्रयास भइरहेको प्रमुख तुम्बापोले बताए । फोहोर मैला जलाउन नदिन, फेला पारे कारबाहीको लागि तीन जना नगर प्रहरीहरु बिहान ४ देखि राति १० बजेसम सोही स्थानमा खटाइरहेको जानकारी दिए । आगो लगाइएको थाहा पाउने साथ दमकल लगेर आगो र दुसित धुँवा नियन्त्रणको प्रयास भइरहेको नगर प्रमुखले बताए । केही हप्ता अघि नगर प्रमुख, १ नं. वडा अध्यक्ष भीमकुमार राई,  स्थानीय अभियान्ता धनकुमार तामाङ, प्रदीप राई लगायतको टोली डम्पिङ साइड अनुगमन गरी बारुणयन्त्र लगेर आगो निभाएका थिए ।  
    फोहोर मैला जलाउने व्यक्तिहरु डम्पिङ साइडसम्म पुग्न नपाओस भनेर त्यस क्षेत्रलाई प्रवेश निषेधको सूचनासमेत जारी भएको र फोहोर मैला रिसाइकलिङको लागि प्रयास भइरहेको नगर प्रमुख तुम्बापोले जनाएका छन् । पुन प्रयोग हुने फोहोर अन्त पठाउन र प्रयोग नहुनेलाई वातावरणमा असर नपर्ने गरी जलाउने प्रविधिक मिसिन खरिदको लागि प्रक्रिया अघि बढेको तर सरकारी काम प्रक्रिया पुरा गर्न पनि केही समय धै¥य गर्नुपर्ने बताए । 
    डम्पिङ साइडमा लगेर फाल्ने तर व्यवस्थापन नभएको कारण फोहोर मैला संकलन गर्न आउनेहरुले आगो लगाइदिने गरेको छ । दुर्गन्ध र धुँवाको समस्या बिभिन्न व्यक्ति तथा संस्थाहरुले लामो समयदेखि व्यवस्थापन गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि पछिल्लो समयमा हाइवे लाइनका बासिन्दा निक्कै आक्रोसित बन्न थालेका छन् । 

    ज्ञापन पत्र बुझाउदै शान्ति साबउसको टोली

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …