• मोरङ । पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को समाधि स्थालमा आज प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिका नेता कार्यकर्ताहरुले सरसफाइ गर्दै सहादत भएको एक बर्ष पुग्न लाग्दा स्मृति दिवसको तयारी गरेको छ ।


    कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामङ्कनको आन्दोलनमा मोरङ बेलबारीका ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)को प्रहरीसँगको झडपमा परी मृत्यु भएको थियो । 
    २०७९ चैत्र ५ गतेको विराटनगरमा भएको बृहत प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो । सरकारले निशेधित क्षेत्र तोकेर विराटनगरको रोडाषेस चौकमा राखिएको काडेतार तोडेर आन्दोलनकारी युवाहरु मुख्यमन्त्री कार्यालयको गेट नजिकै पुगेर जुलुस नारा लगाएका थिए । त्यहाँ भएको झडपमा घाइते पदमकुमार लिम्बू (लाजेहाङ)को चैत्र १० गते उपचारको क्रममा मृत्यु भएको थियो ।


    आन्दोलनमा मृत्यु भएको लाजेहाङलाई प्रचण्ड नेतृत्वको संघीय सरकारले सहिद घोषणा गरिसकेको छ । 
    पहिचान आन्दोलनको प्रथम सहित लाजेहाङको शव मोरङ बेलबारी ३ मा समाधिस्त गरिएको थियो । एक बर्ष पुग्न लाग्दा आज लाजेहाङको समाधि स्थललाई सरसफाइ गरेको हो । 
    सरसफाइ कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, जसपा संबद्ध लिम्बुवान राष्ट्रिय समितिका महासचिव केदार धिमाल, जिल्ला संघर्ष समितिका सहसंयोजक डम्बर लिम्बू, केदार राई, सचिव जयराज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष जीवन लिम्बू लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा समाधि स्थल सरसफाइ गरेका छन् । 
    चैत्र १० गते सो स्थालमा सहिद लाजेहाङको स्मृति दिवस मनाउने निर्णय भएको छ । सोही स्थालमा मोरङ र सुनसरी जिल्ला समितिबाट जम्मा भएर स्मृति सभा गर्ने निर्णय भएको संयुक्त संघर्ष समितिको सहसंयोजक डम्बर लिम्बूले बताए । 


    यसैगरी चैत्र १० गते नै इलामको चुलाचुलीमा गायक कलाकारहरु जीतेन राई, सुनिता थेगिम, त्रिसना नेम्बाङ लगायत कलाधारहरुको उपस्थितिमा भब्य रुपमा स्मृति दिवस मनाउने निर्णय भएको छ । 


    इलामको चुलाचुलीमा हुने कार्यक्रममा इलाम २ नं. निर्वाचन क्षेत्रमा सांसद उठ्न लागेका स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको अध्यक्ष कुमार लिङ्देन, यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राई, केदार धिमाल, पाण्डपलाल चौधरी लगायतले सम्बोधन गर्ने कार्यक्रम घोषणा भएको छ । 


    पहिचान आन्दोलनको प्रथम सहिद लाजेहाङको पहिलो स्मृति दिवस प्रदेश नं.१ पुन नामङ्कन संयुक्त संघर्ष समितिको हरेक जिल्लामा स्मृति सभा, अन्तरक्रिया, भेटघाट छलफल गरेर मनाउन सर्कुलर भएको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …