• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा रहेको पथरी कृषि बजार ब्यबस्थापन समितिको अध्यक्षतामा राजेन्द्र गुरुङको नेतृत्वमा पुन गठन भएको छ । 
    कृषि बजार समितिको अध्यक्ष नगरपालिकाले तोक्ने ब्यबस्था रहेको छ । नगरले अध्यक्षमा पुन गुरुङलाई तोकेको थियो । उपाध्यक्ष लगाएको समिति भने शनिबार भएको  दोस्रो साधारण सभाले सर्वसहमत चयन गरेको हो । 
    उपाध्यक्षमा काजी साँबा, सचिबमा जोन सुब्बा, सहसचिवमा चन्द्र थाम्सुहाङ, कोषाध्यक्षमा सर्मिला चोङ्बाङ सर्वसहमत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा राजमान राई, खिनमाया लिम्बू, भीमबहादुर रसाइली, किशोर पयाङ्गो, शिवकुमार लिम्बु, काजि राई, साबित्रा खड्का र भुवन विष्ट चयन भएका हुन् । 
    सभाले धनप्रसाद साबाको संयोजकत्वमा तीन सदस्यीय लेखा र मानप्रसाद लिम्बूको संयोजकत्वमा अनुगमन समिति समेत चयन गरेको छ । 
    खुल्ला सभाको प्रमुख अतिथिसमेत रहेका १ नं. वडा अध्यक्ष भीमकुमार राईले पथरी बजारलाई सफा र सुन्दर राख्न वडा कार्यालयले सहयोग गर्ने बताए । बजारमा देखिएका बिभिन्न समस्या समाधान र सुशासन कायम गर्न वडा कार्यालय लागि पर्ने बताए । 
    साधारण सभामा नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, सुनाखरी मावि संचालक समितिका अध्यक्ष प्रदीपकुमार राई, सिरिजंङ्गा स्मृति धार्मिक वन समितिका अध्यक्ष डम्बर चोङ्बाङ, स्थानीय समाजसेवी तुलशी ढकाल, सोमबारे बजार समितिका अध्यक्ष भेषराज गुरुङ, सुनोलो चौपाया समितिका अध्यक्ष मेघराज राई लगायतको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…