• मोरङ । पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ)ले गरेको साहदतको चर्चा गर्दै शनिबार मोरङको बेलबारी—३ मा रहेका समाधि स्थालमा स्मृति सभा समापन भएको छ । 
    लाजेहाङको समाधि छेउमा तस्वीर राखेर लिम्बुवान भोलेन्टियरको टोलीले सलामी अर्पण गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेता तथा भोलेन्टियर्स इन्चार्ज थाङहाङ लावतीको नेतृत्वमा कमाण्डर राजु फागो चोङ्बाङ्गले कालो पोषाक लगाएकार युवा टोलीबाट प्रथम सहिद लाजेहाङलाई सलामी चढाएका थिए । 
    परिसरमा वृक्ष रोपनपछि सहिद लाजेहाङको समाधिमा उपस्थित पहिचानवादी नेताहरुले फुल, माला, खादा तथा मट्टी अर्पण गरेका थिए । समाधि निजकै सलामी लगायतका कार्यक्रमपछि सहादत भएको बर्ष दिन पुगेको अवसरमा स्मृति सभा भएको थियो । 
    छोराको समाधि र तस्वीरमा युवाहरुले सालमी चढाइरहदा सहिदकी आमा धनमाया लिम्बू, छोरा विस्वहाङ लिम्बू, बहिनीहरु पबित्रा, साबित्रा लिम्बू उपस्थित रहेका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अझै खुट्टा ठीक नभइसकेका घाइते गजेन्द्र फागो लगायतका घाइतेहरु कार्यक्रममा उपस्थित थिए । 
    स्मृति सभामा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ति तुम्बापो, जसपाको केन्द्रीय नेता खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव बिष्णु थाम्देन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिव दिलु लिङ्देन, लगायतले पहिचान आन्दोलनमा लाजेहाङको योगदान बारे विचार राखेका थिए । बक्ताहरुले कोशी खारेजी नभए हजारौ, हजार युवाहरु बलिदान दिन तयार रहेको बताएका थिए । 
    प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिका मोरङ जिल्ला सहसंयोजक डम्बर कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, जसपा समबद्ध लिम्बुवान राष्ट्रिय समितिका महासचिव केदार धिमाल लगायतका नेताहरु उपस्थिति रहेको कार्यक्रममा सर्जकहरुले रचना वाचन गरेका थिए । 
    संघर्ष समितिका सचिव जयराज संयोग लिम्बूबाट सञ्चालन भएको कार्यक्रममा झापा र सुनसरीबाट समेत सहभागी भएका थिए । कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष सीता राईले गरेका थिए । 
    २०७९ फागुन १७ गते हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारको योजनामा एकै दिनमा कोशी नाख राखिएपछि सोही दिनबाट आन्दोलन सुरु भएको थियो । 
    चैत्र ५ गते विराटनगरमा भएका बृहत प्र्रदर्शनीमा प्रहरीसँगको झडपमा ४२ बर्षिय पदमकुमार लिम्बू (लाजेहाङ)को उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो । आन्दोलन चर्किन्दै जाँदा प्रचण्ड नेतृत्वको संघीय सरकारले जालेहाङलाई सहिद घोषणा गरिसकेको छ ।  
    कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्य तथा आन्दोलनकारी र समुदायलाई गाली गरेको भन्दै केपी ओली, योगेश भट्टराई, महेश बस्नेत सहभागी कार्यक्रममा समेत कालो झण्डा प्रदर्शन गर्दै आएका छन् । 
    कोशै नाम मेटाउने, हटाउने, छाप तथा लेटर प्याट हटाउनुको साथै मुख्यमन्त्री हिक्मत कार्की, उद्धप थापालाई ओखलढुङ्गा, केदार कार्कीलाई झापाको दमकमा आन्दोलनकारीले आक्रमण गरेका थिए । कोशी नाम राखेर गद्धारी गरेको भन्दै पुन नामङ्कनको लागि लाग्नुपर्ने भन्दै प्रदेश मन्त्री तथा सांसदहरुलाई कालो झण्डा प्रदर्शन तथा मोसो दल्नेसम्म प्रयासहुँदै आएको छ । 

    कार्यक्रमको तस्वीरुहरु 


     

सम्वन्धित समाचार

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…