• काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  ।   भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्। 

    एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिईन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ ।    कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाईदिन आग्रह गरेकी छिन् ।   उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो ।

सम्वन्धित समाचार

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …

 धरानबाट घोरेटार  जादै  गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको…