• मोरङ । मोरङको पथरीशनिश्चरेमा आजदेखि ’सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’  सुरु भएको छ ।
    फ्रेण्डसीप चेस क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु  नवीन तन्डुकार, बद्रिलाल नेपाली, २००० माथि रेटिङ भएका मिलन लामा, चर्चित युवा खेलाडीहरु प्रकाश नेपाल, सुश्रुत दाहाल लगायत देशभरबाट १५० खेलाडी सहभागी रहेको आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।
    पहिलो राउण्डको खेलमा शीर्ष खेलाडीहरु  मिलन लामा, नवीन तन्डुकार, प्रकाश नेपाल, सुश्रुत दाहाल, पथरीशनिश्चरे नगरका खेलाडीहरु लोकसागर साम्बा, निलम बस्नेत, पुकार राई, रोहित सुब्बा, कृष्ण राई, जीवन राई, बलबाहादुर बस्नेत, कृष सबेन्हाङ लगायतले जितेर १–१ अंक जोडेका छन ।
    स्वीस लिग अन्तरगत ९ राउण्ड हुने खेलमा सबैभन्दा बढी अंक ल्याउने र बराबर भएमा इन्काउन्तरमा जित्ने खेलाडीलाई बिजय घोषणा हुने प्रमुख आरबिटर डम्बर बाछना राइले बताए । 
    प्रतियोगिताको बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई जनही १० हजारको दरले र अन्य विभिन्न २१ बिधामा गरेर ३६ जनालाई गरेर ३ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सस्थाको उपाध्यक्ष रोहित सुब्बाले बताए ।

    नगरप्रमुखद्वारा खेल उद्घाटन 

    चार दिनसम्म हुने प्रतियोगिताको पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र पूर्ब नेपाल च्याम्पियन नवीन तन्डुकारले गोटी चालेर उद्घाटन गरेका थिए ।
    कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख तुम्बापो, नेपाल बुद्धिचाल संघको प्रदेश अध्यक्ष सुरेन्द्र राई, सदस्य राम मादेन, पथरी प्याब्सन अध्यक्ष सुरेन्द्र लिम्बू, रेड स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टीएन तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
    कार्यक्रममा १ नं. वडा अध्यक्ष भीमकुमार राई, ३ का बिजय सुब्बा, स्थानीय समाजसेबिहरु पथरी लायन्स क्लबका अध्यक्ष भगत थपलिया, पथरी जेसीजका अध्यक्ष राज तिरुवा, पूर्ब अध्यक्ष मान दियाली, सुनाखरी मावि सञ्चालक समितिका अध्यक्ष प्रदिपकुमार राई, शान्ति साबउसका अध्यक्ष कुलमनी गुरुङ लगायतको उपस्थिति रहेका थिए । संघका अध्यक्ष अमिर राईको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष अर्जुन जम्नेली राईले स्वागत गरेका थिए ।
    बुद्धिचाल खेलाडी उत्पादन, बिकास, पर्यटनको बिकास र खेलको माध्यमबाट पथरीशनिश्चरे नगरलाई प्रदेशको साथै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित गराउने उदेश्यले क्लवले रत्नकुमार वान्तावाको नाममा राष्ट्रिय स्तरको प्रतियोगिता गराउदै आएको छ । वान्तावा पञ्चायत विरुद्धको आन्दोलनको क्रममा प्रहरीको गोली लागि साहदत प्राप्त गरेका थिए । यस अघि २०७५, २०७९ मा पहिलो र दोस्रो प्रतियोगिता गराएको थियो । 

    खेलको झलकहरु

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…