मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को छैठौं राउन्ड सकिदा नवीन तन्डुकर र लोकसागर साम्बाले अपराजित यात्रा तय गर्दै समान साढे ५ अंक जोडेका छन् ।
आज तेस्रो दिन तन्डुकरले छैठौ राउन्डमा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवाललाई पराजित गर्दै साढे ५ अंक जोडेका हुन् । जैसवाल भने साढे ४ ंअंकमै रोकिएका छन् ।
त्यसैगरी चौथो राउन्डसम्म सत प्रतिशत जित निकालेका झापा दमकका खेलाडी सुमन श्रेष्ठलाई पराजित गर्दै आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बाले साढे ५ अंक जोडेका छन् ।
पाँचौ राउन्डमा सत प्रतिशत जित निकालेका राजन सुवेदी र राजेन्द्र राईको भने छैठौं राउन्डको खेल चलिरहेको छ । सुबेदी र राईको समान ५÷५ अंक रहेका छन् । आज सातौ राउन्डको खेल सकिने मुख्य आरबिटर डम्बर बाछनाले बताए । भोली ९ औ राउन्डसँगै प्रतियोगिता समापन हुने आयोजक समितिका अध्यक्ष अमिर राईले बताए ।