• मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को सातौ राउन्ड सकिदा सुनसरीका राजेन्द्र राई ६.५ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा रहेका छन् ।
    सातौ राउन्डको खेलमा पथरीशनिश्चरे नगरमा स्थापित आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बासँग बराबरी खेलेका थिए । राजेन्द्र राईसँग बराबरी खेलेका लोकसागर साम्बाले पनि ६ अंक जोडेर शीर्ष चौथौ स्थानमा रहेका छन् । 
    त्यसैगरी सातौ राउन्डमा काठमाडौका नवीन तन्डुकरले सुश्रुत दाहाललाई पराजित गरेका छन् । तन्डुकरले पनि  ६.५ अंक जोडेर शीर्ष दोस्रो स्थानमा रहेका छन् । तन्डुकर पूर्ब नेपाल च्याम्पियन हुन भने दाहाल यही प्रतियोगिताको पहिलो सस्करण बिजेता खेलाडी हुन् । 
    सोतौ राउन्डमा राजन सुवेदी, लोकसागर सम्बा, राजन पुरी समान ६ अंक प्राप्त गरेर क्रमस पाँचौ स्थानमा रहेका छन । 
    त्यसैगरी रुपेश जैसवाल, आशीष फुयल, राजनकुमार पोख्रेल, राजन काङ्बाङ, मिलन लामा, सुश्रुत दाहाल समान ५.५ अंक प्राप्त गरेर क्रमश एघारौ स्थानमा रहेका छन । अन्य १२ जनाले ५÷५ अंक प्राप्त गरेका छन ।
    भोली ८ र ९ औ राउन्डसँगै प्रतियोगितासँगै बिजेता खेलाडीहरुका लागि नगद, ट्रफी तथा प्रमाणपत्रहरु वितरणसँगै कार्यक्रम समापन हुने आयोजक समितिका अध्यक्ष अमिर राईले बताए । 
    प्रतियोगिताको १५ औँ स्थान हाँसिल गर्ने खेलाडीहरु र विभिन्न २१ बिधामा गरेर ३६ जनालाई ३ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक सस्थाको अध्यक्ष अमिर राईले बताए । 
    प्रतियोगिताको बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई जनही १० हजारको दरले र बिधागत सबैलाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको क्लवका उपाध्यक्ष रोहित सुब्बाले बताए ।
     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले …

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…