मोरङ । मोरङको पथरीशनिश्चरेमा जारी ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’मा सुनसरी धरानका राजेन्द्र राई र मोरङ पथरीशनिश्चरेका लोकसागर साम्बा उपाधि नजिक पुगेका छन् ।
आठौ चरणको खेल समाप्तिमा ७.५ अंक सहित राजेन्द्र राई शीर्ष स्थान कायम गरेका छन् । त्यसैगरी लोकसागर साम्बाले ७ अंकसहित दोस्रो स्थानमा छन् । यो समाचार तयार पार्दासम्म अन्तिम अर्थात ९ औ राउन्डको खेल चलिरहेको छ ।
आठौ चरणको खेल सकिदा राजन सुवेदी र राजन पुरी समान ६.५ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । रुपेस जैसवाल, सुश्रुत दाहाल ६.५ अंकसहित पाँचौ र छैटौ स्थानमा रहेका छन् ।
पुरुषोतम सिलवाल, बिष्णु लिम्बू, प्रकाशचन्द्र नेपाल, धिरेन राई, निलम बस्नेत समान ६ अंक सहित ९ राउन्डको खेल चलिरहेको मुख्य आरबिटर डम्बर बाछना राईले बताए ।
सचिनकुमार चौधरी, अनिष तामाङ, बिक्रम सिंघक, मनोज भट्टराई, पुकार राई, गणेश बहादुर थापा समान ५÷५ अंकसहित टप फिप्टिनको लिष्टमा रहेका छन् ।
चलिरहेको ९ राउन्डको खेल समाप्तिपछि आजै (चैत्र ३०) पुरसकार वितरणसँगै प्रतियोगिता समापनहुने आयोजक फ्रेन्डसीप चेस क्लवका अध्यक्ष अमिर राईले बताए ।
प्रतियोगिताको बिजेतालाई ५१ हजार, दोस्रोलाई ३५, तेस्रोलाई २५, चौथोलाई २० हजार लगायत १५ औं सम्मका खेलाडीहरुलाई जनही १० हजारको दरले र बिधागत सबैलाई नगदसहित पुरस्कार प्रदान गरिने क्लवका उपाध्यक्ष रोहित सुब्बाले बताए ।