• हरि कोइराला
    पथरी÷ पथरी बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा भएको १५ किलोमिटर म्याराथुन प्रतियोगिताको उपाधि कमल गाउँपालिका २ झापाका हर्कबहादुर ल्वागुनले जितेका छन् । जितसँगै उनले १५ हजार नगद र ट्रफि हात पारे ।
    मंगलबार भएको दौडमा ल्वागुनले निर्धारित दुरी ४३ मिनेट ४५ सेकेण्डमा पुरा गरेका हुन । यस्तै बेलबारी–११का शेरबहादुर राई ४४ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो पुरस्कार नगद १० हजार र ट्रफि जिते । ४५ मिनेटमा दुरी पार गरेका पथरीशनिश्चरे १० का महेन्द्र लिम्बूले तेस्रो हुँदै ५ हजारमा चित्त बुझाए । प्रतियोगितामा सान्त्वना पुरस्कार बिशाल राईले पाउनु भयो ।
    प्रथम, दोस्रो, तेस्रो हुने खेलाडीलाई क्याम्पस प्रमुख चेतन पौडेल,नेविसंघका सह महामन्त्री कृष्ण कार्की, क्याम्पस सञ्चालक समिति अध्यक्ष मोहन न्यौपाने, मोरङ बस यातायात संघका अध्यक्ष धनकुमार तामाङले नगद सहित,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । खुल्ला दौडमा नेपाली सेना,नेपाल प्रहरी र सर्बसाधरणले भाग लिएका थिए । प्रतियोगितामा सहभागी भई निर्धारित दुरी पार गर्ने दुई बालकलाई समेत सोही अवसरमा नगद ५ सय सहित सम्मान गरिएको थियो । ७ वर्षीय आदित्य तिम्सिना र ८ वर्षीय पवन माझीले पनि पुरै १५ किलोमीटर दौड पुरा गरेका थिए । प्रतियोगितामा १६० जनाले भाग लिएका थिए ।
    स्वतन्त्र विद्यार्थी यूनियनको स्थापना दिवसका अबसरमा आयोजित दौड प्रतियोगिताको प्रमुख आतिथ्यता पथरीशनिश्चरे नगरपालिकाकी उप प्रमुख यमुना विष्टले गरेकी थिइन ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…