इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्रशारको लागि चुलाचुलीमा मंगलबार वृहत मोटरसाइकल ¥याली भएको छ । 
मुढा चुनाव चिन्हको प्रचारको साथै भोट माग्न ¥यालीको आयोजना भएको हो । चुलाचुली गाउँपालिका वडा नं. १ कमलदेखि १, २, ४, ५ हुँदै ६ नं. वडाको तोरीबारी (मधुमल्ला उत्तर) पुगेर कोणसभा भएको थियो । तोरीबारीमा भएको कोणसभामा कार्यक्रम संयोजक बिक्रम लिम्बूले सम्बोधन भएको थियो । 
चुनाव चिन्ह मुढाको झण्डा मोटरसाइकलमा लगाएर सुरु भएको ¥याली बिभिन्न स्थानमा रोकेर माइकिङ्ग गर्दै भोट मागेका थिए । ¥यालीमा एक हजार मोटरसाइकल सहभागी भएको कार्यक्रम संयोजक बिक्रम लिम्बूले बताए । 
 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        