• निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा । गाउँतिर समस्य हुन्छ नै । सडक स्तर उन्नति, खानेपानी, विद्युतिकरणका समास्याहरु छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार, रोजगारी, मजदुर, किसानहरुको समस्या त नहुने कुरै भएन । 
    इलाम—२ मै पर्ने दमक, चिसोपानी, रबि सडक (फाल्गुनन्द) र तोरिबारी आसेटार, फुङ्नाम, दशमी यी दुई वटा उदाहरण हेरे पुग्छ । त्यो सडक प्रयोग गर्ने सबैलाई थाहा हुन्छ निर्वाचनमा ढाँटेछन मात्र । बिगतका निर्वाचनहरुमा ढाँटेर भोट मागिएको र फेरि अर्को पल्ट ढाँट्न आएको भन्ने प्रष्ट हुन्छ । लम्पट समर्थकहरु बाहेक पार्टीकै कार्यकर्ताहरुले ढाँट्ने प्रवृतिको पक्षमा छैनन् । 
    दमक, चिसोपानी, रबि सडक (फाल्गुनन्द) किरात धर्मको पवित्र स्थल माङ्सेबुङ आवत जावत गर्ने सडक पनि हो । बार्षिक लाखौ धर्मालम्बीहरुले प्रयोग गनुृपर्छ । कच्चि र धुले सडकमा टु ह्वील गाडी गुड्न हम्यहम्य पर्छ । तोरिबारी आसेटार, फुङ्नाम, दशमी सडकमा टु ह्वील गाडी नै लान सकिन्न । दुबै सडकमा जिप त लाने कुरै भएन । इलाम साबिक साक्फारा यतिबेला चुलाचुली ६ मा पर्छ । सकडको अवस्था जिर्न भएकै कारण साक्फारा (दशमी)बाट चुलाचुली गाउँपालिका पेल्टिमारी (आइतबारे) आइपुग्न एक हजार गाडि भारा मात्र तिर्नुपर्छ । साक्फाराको सिस्ने गाउँमा हालसमम विजुली र खानेपानी पुगेकै छैन् । 
    यहाँ भोट माग्न जो आएपनि सडक देखाइ हाल्छ । र भन्छन ‘यो सडक किन बनेन ?’ २०५६, २०७४, २०७९ (निर्वाचन) २०६४, २०७० (संविधान सभा निर्वाचन) लगातार एमालेका सुवासचन्द्र नेम्वाङले जितेको क्षेत्र हो इलाम—२ । यो उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उमेद्वार बनाएको छ । अष्ट्रेलियामा भाडा माझेर आएका सुहाङलाई दुरदराज त के सदरमुकाम इलाम टेकेको पनि पटकमा गन्न सकिन्छ । 
    जति पटक एमालेका नेम्वाङले जिते उति पटक नै दोस्रो मत ल्याएका नेपाली कांग्रेस पनि सो स्थानहरुमा हामी गरिदिन्छौ भन्ने नै भए । इलाम—२ मा कांग्रेस हारेपनि सरकार (सत्ता)मा बसेकै थिए । 
    साक्फारामा बिगत निर्वाचनहरुमा भोट माग्न जाने एमाले र कांग्रेसका पुराना नेताहरुलाई जनताले प्रस्न सोध्ने नै भए सडकले पनि हाँसिदेलान, फेरि आयौ भोट माग्न भनेर बेलाउलान कि ? 
    प्रसंग यो कि निर्वाचनमा ढाँटेर भोट माग्ने पार्टी र व्यक्तिलाई सधै भोट दिन्छन कि मत परिवर्तन गर्छन त्यो इलामे जनताको निर्णयको कुरा हो । यो निर्वाचनमा १८ ले हार्ने र एकजनाले जित्ने पक्कै हो । 
    यो उपनिर्वाचन यतिबेला डकेन्द्रसिंह थेगिम लिम्बू चर्चाको चुचुरोमा छन् । अपार साथ मिलिरहेको छ । दिनदिनै शुभेच्छुक र शुभचिन्तकहरु बढिरहेको छ । 

    स्वतन्त्र उमेद्वारलाई पार्टीहरुको साथ
    एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा (एस) सरकार गठबन्धनमा छ । यी पार्टीहरु बझाङ र इलाममा कम्तिमा दुई वटा पार्टी पनि मिल्न सकेनन् । 
    तर, डकेन्द्रसिंह थेगिमलाई जसपाको छाता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी, राष्ट्रिय जनमुक्ति पार्टीको घर, नागरिक उन्मुक्ति पार्टीको ढाकी चुनाव चिन्ह स्थागित गरेर सुरुमै थेगिमलाई साझा उमेद्वार बनाए । 
    लौरो चुनाव चिन्हको हाम्रो नेपाली पार्टी डिल्लिस्वोर कार्कीले विज्ञप्ति प्रकाशन गरेर समर्थन गरे । बहुजन पार्टीका अध्यक्ष पूर्ब मन्त्री बिशेन्द्र पासवान, संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी त क्षेत्रमा पुगेर मुढामा भोट मागिरहेका छन् । पूर्ब संस्कृति मन्त्री गोपाल किराती, नेकपा (एस)का नेता कृष्ण चोङ्बाङ, जसपाका रमेश राई लगायत मैदानमै छन् । कुमार लिङ्देन, केपी पालुङ्वा, सञ्जुहाङ पालुङ्वा, खगेन्द्र माखिम जस्ता नेताहरु खटिरहेका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका महासचिव पकन्दी लिम्बू, किराती राष्ट्रिय मुक्ति मोर्चाका पदाधिकारी सदस्यहरु पनि मुद्धामा भोट दिनुपर्ने बताउदै आएका छन् । 

    लेखक विश्लेषकहरु डकेन्द्रसिंहको पक्षमा


    नेपालमा स्थापित लेखक युग पाठक पहिचानको मुद्धा छेत्री, बाहुनको पनि हो भन्दै थेगिमको पक्षमा भोट माग्दै आएका छन् । कानुन व्यवसायी अभियान्ता स्वागत नेपाल भ्रष्ट्राचारीलाई मार्नुपर्ने (कानुन बनाएर, मृत्यु दण्ड) तर्क राख्दै मुढामा भोट माग्छन् । 
    अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रध्यापक डा.महेन्द्र लावती इलाम—२, आएर नेपालको क्यान्सर भ्रष्ट्राचार भएकोले यसको अन्त्यको लागि डकेन्द्रसिंह थेगिमलाई भोट दिनुपर्ने तर्क गर्दै आएका छन् । डा. मित्र परियार, माओवादी निकट रहेका लेखक÷विश्लेषक भवानी बराल खुलेरै डकेन्द्रसिंह थेगिमलाई भोट मागरिहेका छन् । 
    पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि विश्व चर्चित मेयर हर्क साम्पाङ राईको समर्थन
    नेपालको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इलाम पुगेर आफ्नो साथ साझा, स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमलाई भएको भन्दै भोट मुढामा लगाउन आफ्ना समर्थकहरुलाई आव्हान गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले कार्यकर्तालाई मुढामा भोट हाल्न निर्देशनसमेत गरेका छन् । 
    भौतिक रुपमै श्रम गर्दै र समर्थकहरुबाट रकम संकलन गरेर पाइप खरिद गरी धरानमा खानेपानी ल्याएर विश्व रेकड राख्न सफल नेपाली समुदाय माझ विश्व चर्चित धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई आफ्नो इलाम—२ पुगेर मुद्धामा भोट माग्दै आएका छन् । काठमाडौ महानगरपालिकाको प्रमुख बालेन साहाले पनि डकेन्द्रसिंह थेगिमलाई जितको शुभकामना दिदै मुढामा भोट मागेका छन् । 

    सामामाजिक संस्थाहरुको सक्रियता
    किरात राई यायोक्खा राई समुदाय साझा संस्था हो, किरात याक्थुङ चुम्लुङ लिम्बू, नेपाल शेर्पा संघ शेर्पा समुदायको साझा सामाजिक संस्था हो । नेपाल आदिबासी जनजाति महासंघ आदिबासी समुदायको प्रमुख साझा सामाजिक संस्था हो । यी संस्थाहरु संस्थागत रुपमै डकेन्द्रसिंह थेगिम लिम्बूलाई जिताउन केन्द्रीय नेताहरु मैदानमा खटिरहेका छन् । नेपाल आदिबासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोबिन्द छन्त्याल, महासचिव आङ्काजी शेर्पा फिल्डमा खटिरहेका छन् । 
    किरात धर्मिक संस्था चलाउने किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष डकेन्द्रसिंह थेगिम आफै दुई दशक अध्यक्ष भएर नेतृत्व गरेका व्यक्ति हुन् । किरात धर्म गुरु आत्मनन्द लिङ्देनको आशिर्वाद थेगिमलाई नै छ । 

    आम युवाहरुमा हुटहुटी

    राजनीतिक, सामाजिक संगठनहरु, इमानसहित चर्चा कमाएर जनप्रतिनिधिहरु लेखक÷विश्लेषक, अभियान्ताहरु मात्र होइन सोलुखुम्बू, खोटाङ, भोजपुर, उदयुपुर लगायत १४ जिल्ला, काठमाडौदेखि बिभिन्न देशमा रहेका एमाले, कांग्रेसमा आस्था राख्ने युवाहरुमा समेत स्वातन्त्र उमेद्वार थेगिमको पक्षमा हुटहुटी देखिन्छ । 
    कस्तो छ त इलाम—२ मा डकेन्द्रको समर्थक ?
    स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले क्षेत्रको मुख्य मुख्य बजारहरुमा चुनावी सभा गरिसकेका छन् । हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा (गुरु आश्राम) नजिक र चिसोपानी पञ्चमी बजार, चुलाचुली १ र ४, साक्फारा दशमीमा चुनावी सभाहरु भएको छ । सामाजिक संस्थाहरु बिहान, बेलुका गाउँ पसेर भोट माग्ने काम भइरहेको छ । 
    यी सभाहरुमा सुहाङ नेम्वाङ र डम्बर खतिवडाको कार्यक्रमभन्दा बढीनै जनसहभागिता हुने गरेको छ । प्रचारप्रशार हाराहारीमै रहेको देखिन्छ । पटक पटक ढाँट्दै आएको कारण पुराना राजनीतिक पार्टीहरुलाई भन्दा स्वतन्त्र उमेद्वारलाई गाउा पस्न सहज छ । यसैको आधारमा चुनाव जित्ने निश्चित भएको किरात याक्थुङ् चुम्लुङको संघीय अध्यक्ष प्रेम एक्तेन बताउछन् । 

    कलाकारको साथ 
    डकेन्द्रसिंह थेगिम लिम्बूलाई गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, तिर्सना नेम्बाङ, राजेन्द्र केरुङले, हास्य कलाकार लाहुरे लगायतको साथ रहँदे आएको छ । चुनावी सभाहरुमा गीत तथा प्रस्तुती गरेर उपस्थित श्रोता, दर्शकलाई मनोरञ्जन दिदै आएको छन । बरिष्ठ गायक जितेन राई लगायत कलाकारहरुको थेगिमलाई साथ छ । महागायक राजेश पायल राईले सामाजिक सञ्जाल मार्फत डकेन्द्रसिंह थेगिमलाई भोट मागेका थिए । 

    किन आयो त थेगिमलाई यस्तो अपार साथ


    सरकार र प्रतिपक्षी नेता, कार्यकर्ताहरुलाई जहाँतही बोलिहाल्न समस्या छ । भ्रष्ट्राचार गरेको, कमिशन लिएको प्रमाणित भएर नेताहरु जेल परेको कुरा निकालिहाल्छन् । 

    नेपालमा यतिबेला वाइडबडी बिमान खरिदमा भ्रष्ट्राचार भएको, सय किलो सुन, नक्कली भुटानी शरणार्थी काण्ड, बलुवाटारको सरकारी जग्गा नेताको नाममा गएको काण्ड, एलसेल खरिद बिक्री, गिरिबन्धु टि स्टेटमा नीतिगत भ्रष्ट्राचार, सहकारीको रकम ठगी काण्डहरु चर्चामै रहेको छ । यी काण्डहरुमा एमाले, कांग्रेस, माओवादी केन्द्र र रास्वपाका नेताहरु मुछिएको प्रमाणित भएकै छ । एमालेका युवा भनिएका नेताहरु सांस्कृतिक विचलन (तरुणी) काण्ड भिडियोहरुमा आइरहेकै छन् । 
    यही बेला भएको निर्वाचनमा सचेत जनताले भोट माग्न आउनेहरुलाई प्रस्न गरिरहेका छन् । उमेद्वारलाई यीनै प्रस्न गरे उत्तर दिनै अप्ठेरो छ । 
    अर्कोतर्फ प्रदेशमा पहिचानको अन्दोलन चलिरहेको छ । कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामङ्कनको आन्दोलनको नेताहुन डकेन्द्रसिंह थेगिम लिम्बू । 
    पहिचान शान्ति, संमृद्धि, समाजवाद स्थापना, बिकास र नेपाली राष्ट्रियता अझ मजबुँद बनाउनेसँग जोडिएको मुद्धा हो । सामाजिक न्याय र समानता, समावेशी, समानुपातिक राज्य व्यवस्था कायम गर्नेसँग जोडिएको छ पहिचानको मुद्धा । त्यसैले पार्टीका नेताहरु र कांग्रेस, एमालेका उमेद्वारहरुले कुरा काट्न पनि सक्दैन, बोकेर हिड्न पनि नसक्ने भएकोले डकेन्द्रसिंह थेगिमलाई अपार साथ मिलेको हो । 
    नेपालको उन्नति, प्रगति र परिवर्तन चाहने एमाले, कांग्रेस समर्थकहरुके मनमा पनि डकेन्द्र थेगिम र यो समूहले लिएको विचार सहि लागेको कारण साथ, समर्थन बढ्दै गएको हो । डकेन्द्र थेगिमलाई खुलेर जिताउन लाग्ने बिभिन्न पार्टी, सामाजिक संस्थाहरु, लेखक÷विश्लेषक, जनप्रतिनिधिहरुले व्यक्तिलाइ नभएर मुद्धा बोकेको डकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको हो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…