• मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । 
    पथरीशनिश्रे नगरको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल)को मूर्ति स्थापना भएको हो । साढे पाँच फिटको यलम्बरको मूर्ति पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बपोको हातबाट अनावरण गरिएको हो । 
    यस अघि संघीय सरकारबाट १४ लाख १० हजार, स्थानीयबाट १ लाख ८ हजार ५५९ बजेटबाट मूर्ति राख्ने बेस निर्माण भएको थियो । यलम्बर चोकमा मूर्ति राख्ने बेस निर्माण महेन्द्र राईको अध्यक्षतामा निर्माण समितिले गरेको थियो । मूर्ति निर्माण संयोजन भने सन्तोष गुरुङ, कर्ण नेम्वाङ, जोन सुब्बा लगायतका समितिले गरेका थिए । 
    यलम्बरको मूर्ति अनावरण कार्यक्रममा पूर्ब नगर प्रमुख दिलिपकुमार राई, १ नं. वडा अध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु शुरेर कार्की, पूर्ण कार्की, बसन्ति गुरुङ, पूर्ब जनप्रतिनिधि बसन्ति राई, पथरी कृषि बजार समितिका अध्यक्ष राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई लगायतको उपस्थिति रहेको थियो । 
    यलम्बर नेपालको संस्थापन कालको राजा हुन् । नेपाली समाज विकासको सुरुवाती चरणमा जनताको सबैभन्दा बढी सेवा गर्ने व्यक्ति राजा चुनिने चलन थियो । छिटो दौडनसक्ने व्यक्तिलाई राजा मान्ने चलन पनि थियो । 
    समय क्रममा राजालाई मालिक, विष्णुको अवतारको रुपमा व्याख्या हुन थालेपछि सामान्तको रुपमा बिकास भएको पाइन्छ । पछिल्लो समयमा राजा शब्द नै घृणित रुपमा व्याख्या हुन थालेपनि समाज विकासको अघिल्लो चरणमा जनताको सबैभन्दा बढी सेवा गर्ने व्यक्तिको रुपमा परिचय हुने हुन्थे ।  
     

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…