• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले तत्काल पुरा गर्न नसकिने माग फिर्ता नगरेसम्म क्याम्पस नआउने बरु राजिनामा दिन तयार रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले बताएका छन् । 
    क्याम्पसको सबै समस्या प्रध्यापक संघ र स्ववियु प्रतिनिधिहरुलाई जानकरी भएर पनि आफू अनुकुल क्याम्पसलाई प्रयोग गर्न खोजेको भन्दै गलत कामको सांक्षी बस्नुभन्दा बरु राजिनामा दिन तयार रहेको बताएका छन् । 
    क्याम्पस सञ्चालक समितिको बैठक राखेर पथरी बहुमुखी क्याम्पसको समस्याहरुको विश्लेषण, समाधानको उपाय बारे छलफल गरेको हप्तादिन पछि क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत र पूर्ब क्याम्पस प्रमुख चेतन पौडेलको नेतृत्वमा प्रध्यापक संघको छुट्टै माग राखेर समस्यामा पार्न खोजेको अध्यक्ष बस्नेतको आरोप छ । ‘क्याम्पसको समस्या बारे स्ववियुलाई पनि प्रष्ट थाहा छ ।’ अध्यक्ष बस्नेत भन्छन् ‘प्राध्यापक संघ एउटा पार्टी, स्ववियु मार्फत अर्को पार्टी भएर आफू अनुकुल प्रयोग गर्न खोजेको कारण समस्या भइरहेको हो ।’
    ‘म राजनीतिक जीवनसमेत त्यागेको मान्छु हुँ ।’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष बस्नेत भन्छन् ‘क्याम्पस बिगार्न म आउँदिन, बरु राजिनामा दिन्छु ।’ क्याम्पसमा केही प्राध्यापकहरु क्याम्पसलाई आर्थिक भार थोपरेर आफू बन्नुपर्ने विचारको व्याबहार प्रदर्शन गरिरहेको तर आफू त्यहाँ सकेजति दिनलाई गएकोले समस्या पैदा गर्न खोजिएको बताए । 
    अख्तियार दुरपयोग अनुसन्धान आयोगले दुई तिर सुबिधा उपभोग गरेको बिषयमा क्याम्पसमा अध्यापनरत ११ जनाको शिक्षकको विवरण माग गरेको थियो । सरकारी विद्यालयमा स्थायी शिक्षक र बिहान पथरी क्याम्पसमा पूर्णकालीन रहेका अख्तियारले विवरण मागेपछि अंशकालीन भएको विवरण पठाइएको थियो । 
    सरकारी नीति अनुसार दुई तिर सुविधान प्रयोग गर्न पाइन्दैन । अख्तियारले नै विवरण माग गरेपछि अंशकालीन भनेर विवरण पठाइएपनि सुबिधा पूर्णकालीन नै पाउनु पर्ने, नभए पुरानो बाँकी तलब (६८ लाख) निकासाहुनु पर्ने लगायत बिषयमा क्याम्पसलाई समस्या दिएको सञ्चाल समितिको बुझाइ छ । 
    आफ्नो माग सुनुवाइ नभए क्याम्पस प्रमुख शान्तिराम तिम्सिना नै हटाएर नयाँ क्याम्पस प्रमुख बनाउनु पर्नेसम्मको योजना रहेको बुझिएको छ । क्याम्पसका अधिकांश शिक्षकहरु एमाले निकटका रहेको बुझिएको छ । 
    यता स्ववियु सभापति नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी लगायत गठबन्धनको नेतृत्व रहेको छ । स्ववियुले पनि क्याम्पसले विद्यार्थीलाई यातायातको लागि बस सुविधाको व्यवस्थापन गर्नुपर्ने, पठनपाठन नियमित हुनुपर्ने, आन्तरिक परीक्षा व्यवस्थितहुनुपर्ने, परीक्षा सेन्टर पुन पथरी क्याम्पसमै ल्याउनुपर्ने लगायतको माग राखेर क्याम्पस प्रमुखको कुर्सी कार्यालयबाट निकालेर रुखमा बाँधेर राखेका थिए । 
    स्ववियु सभापति केशर राईले विद्यार्थीको हितमा काम गर्न नसके क्याम्पस सञ्चालक समितिबाट राजिनामा दिएर निकास दिनुपर्ने बताएका छन् । रामकुमार बस्नेत गएको निर्वाचनमा एमाले परित्याग गरेर स्वतन्त्र बस्ने घोषणा गरेका व्यक्ति हुन् । एमालेको बर्चश्व रहेको प्राध्यापक संघ आफ्नो माग पुरा गर्न क्याम्पस प्रमुख परिवर्तन गर्ने चाहने, स्ववियु आफ्नो माग पुरा नगरे सञ्चालक समितिको नेतृत्वले राजिनामा दिएर निकास दिनुपर्ने धारणा राख्दै आएका छन्
    यसरी हेर्दा क्याम्पसको मुख्य समस्या समाधानभन्दा आफू अनुकुल नेतृत्व ल्याउनतिर जोड देखिन्छ । यसैवीच पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले शनिबार सर्वपक्षीय भेला बोलाएर समस्या बुझने र समाधानको पहल गर्ने प्रयास गरेका छन् ।
     छलफलले रुखमा भएको कुर्सी झार्ने र बाँकी समस्या अध्यक्ष रामकुमार बस्नेतलाई बोलाएर सञ्चालक समितिको बैठकबाट समाधानको प्रयास गर्ने बुझाइको साथ बैठक सकिएको थियो । यद्यपि स्ववियु सभापति केशर राईले कुर्सी रुखबाट झार्ने सहमति नभइ झारिएको बताएका छन् । बैठकपछि कुर्सी रुखबाट झारेर भुँइमा राखिएको छ । 
    यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले प्राध्यापक संघका नाममा राजनीतिक गर्दै क्याम्पसलाई आफू अनुकुल प्रयोग गर्न नपाएकोले अल्टिमेटम दिदै माग पत्र पेस गरेको बताए । क्याम्पसलाई आर्थिक भार थोपर्नेगरी पूर्णकालीन सुबिधा दिन नसकिने, अख्तियारमा पठाएको अंशकालीन शिक्षकले अंशकालीन रुपमा काम गर्न तयार भएर दुवै पक्षको माग फिर्ता नभएसम्म आफू क्याम्पस नआउने बरु राजिनामा दिन तयार रहेको बस्नेतको भनाइ छ । 
    आफू क्याम्पसको लागि हिड्दा यातायात खर्चसमेत नलिने, क्याम्पसलाई अघि बढाउन सकेसम्म दिन त्यहाँ गएको तर बिभिन्न बाहानामा क्याम्पसलाई ऋणमा डुबाएर, गलत कुराको समर्थन गरेर त्यहाँ नबस्ने अध्यक्ष बस्नेतले बताए । भन्छन ‘बरु राजिनामा दिन्छु, क्याम्पस डुबाउउने सहमति गर्दिन ।’

सम्वन्धित समाचार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…