• मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पाता कसेर राखेको देख्न पाइयो । 
    घट्ना २०८१ बैशाख १३ गते बिहिबारको हो । क्याम्पस प्रमुख शान्तिराम तिम्सिनलाई कार्यालयबाट निकालेर कुर्सी र नेम प्लेट बाहिर गेट नजिकैको रुख चढाएर बाँधेर राखिएको थियो । विद्यार्थीको टोलीले प्रमुखको कार्यालयमा तालासमेत लगाइदिएका थिए । 
    सामाजिक सञ्जालहरुमा समेत देखिएको रुख चढेको त्यो कुर्सीमा तेति धेरै लाइक, कमेन्ट त देखिएन । प्रतिक्रिया भने मिश्रित देखियो । 
    कार्यालयमा ताला लगाइएको र कुर्सी रुखमा चढाएर बाँधिएको बिषयमा पथरीशनिश्चरे नगर प्रमुखको पहलमा शनिबार (बैशाक १५) सर्वपक्षीय छलफल भयो । छलफलको नेतृत्व नगर प्रमुख मोहन तुम्बापोले गरेका थिए । 
    छलफलमा जनप्रतिनिधिहरु, क्याम्पस सञ्चालक समिति पदाधिकारीहरु, स्वतन्त्र विद्यार्थी युनियन, प्रध्यापक संघ, राजनीतिक दलका स्थानीय नेताहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए । नगर प्रमुख तुम्बापोद्वारा संयोजन भएको बैठकमा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्रध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राईले बिषय राखेपछि थप सुझाव अन्य प्रतिनिधिले राखेका थिए । 
    छलफलबाट रुखमा बाँधिएको क्याम्पस प्रमुखको कुर्सी झार्ने सहभति भयो । कार्यालयको ताला खोल्ने बिषयमा स्ववियुमा छलफलपछि मात्र निर्णय दिने सभापति केशर राईले विचार राखेपछि नगर प्रमुख मोहन तुम्बापोले सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेतलाई बैठक राख्न लगाएर समाधानमा लाग्ने निष्कर्ष दिएका छन् । 

    क्याम्पसको खास समस्या के हो ?

    पथरीशनिश्चरे नगर र यस आसपासका निम्न वर्गीय अभिभावकका छोराछोरी घरको काम भ्याएर उच्च शिक्षा हासिल गर्न सकुन भन्ने उदेश्यले २०६४ सालमा पथरी बहुमुखी क्याम्पसको स्थापना भएको हो ।  
    तत्कालीन पञ्चायत माविले संरक्षण गरेको जग्गामा क्याम्पस स्थापना भयो । विभिन्न झन्जट र समस्याहरु झेल्दै सरकारी लगानी समेत जुटाएर आकर्षक भवन निर्णण भएको छ । 
    शिक्षा, व्यवस्थापन र मानबिकि (एमबीएस, एमएड, बीए, बीबीएस, बीएड) गरी हाल ६२१ विद्यार्थी अध्ययनरत छन् । प्रति विद्यार्थी बार्षिक २२ हजार ५ सय रुपैया शुल्क लिइन्छ । उक्त शुल्कले ३०, ३२ जना शिक्षक, कर्मचारीलाई सञ्चालन खर्च पुगिरहेको छैन् । काम्पसको मुख्य समस्या आर्थिक हो । 
    क्याम्पस प्र्रमुख शान्तिराम तिम्सिनासँग संस्थामा भइरहेको समस्या बारे शनिबार समय लिएरै कुराकानी भयो । स्थापना कालमा सञ्चालनको लागि केही जग्गा पनि बिक्री गरेका थिए । पुराण लगाएर करोड बढी संकलन भएको प्रचार भएको थियो । यद्यपि सञ्चालन खर्च नपुगेर प्रध्यापक, कर्मचारीको तलव समयमा दिन सकिएको रहेनछ । 
    रामकुमार बस्नेत सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएर आएपछि समस्याहरु केलाउन सुरु भयो । पुरानो हिसाव हेर्दा प्रध्यापकहरु तलव लगायत ६८ लाख तिनुृपर्ने देखियो । तत्कालीन विद्यार्थीको संख्या र प्रध्यापक कर्मचारीको तलव हिसाव गर्दा घाटा थपिन्दै जाने देखियो । 
    त्यसबेला (२ बर्ष अघि) ६७३ विद्यार्थीको १८ हजारको दरले बार्षिक शुल्क उठाउदा सञ्चालन खर्च नै नउठ्ने देखियो । बार्षिक शुल्कबाट सञ्चालन खर्च पु¥याएर पथरीशनिश्चरे नगरले दिने २० लाख र त्रिभुवान विश्व विद्यालय अनुदान आयोगबाट आउने २० गरी ४० लाखबाट पुरानो ऋण घटाउँदै जाने योजना थियो । 
    त्यसका लागि समितिले बार्षिक शुल्क १८ हजारबाट २६ हजार ५०० बनाउने निर्णय ग¥यो । विद्यार्थीले सो कुराको मानेनन् र विरोध गरेपछि २२ हजार ५०० बनाउने सहमती भयो । त्यस बर्ष ६३५ बिद्यार्थीले मात्र बार्षिक शुल्क बुझाउदा बनाइएको योजना पुर्ण रुपमा सफल भएन् । समस्या रहिरह्यो । 

    प्रध्यापकहरुको विवरण अख्तियारले मागेपछि अर्को समस्या 

    २०८० माघमा पथरी बहुमुखी क्याम्पसलाई एउटा पत्र प्राप्त भयो । त्यो पत्रमा प्रध्यापकहरुको पूर्ण विवरण माग गरिएको रहेछ । बुझ्दै जाँदा अख्तियार दुरुपायोग अनुसन्धान आयोगबाट खोजि भएको रहेछ । ११ जनाको नामसहित कुद पद, कति घण्टा पढाउनुहुन्छ ? पत्रमा नामै किटान गरेर चेतन पौडेल, उपेन्द्र बस्नेत, ऋषि धिमाल, उमेश खड्का, नारायण गौतम, देवि गौतम, संकर देवान, डिल्लि दाहाल, सुर्य कटुवाल, टंक अधिकारी, रंजिता बरालको विवरण माग गरिएको थियो ।  
    उजुरी दिनेले सरकारी स्कुलमा स्थायी शिक्षक र पथरी क्याम्पसमा पनि पूर्णकालीन प्रध्यापन गरिरहेकोले दुवैतिर अवसर ओगटेको अनि दैनिक ११—१२ घण्टा पढाउन कार्य क्षमताको हिसावले पनि गुणस्तरीय शिक्षा दिन नसक्ने दाबी गर्दै उजुरी दिएको बुझियो । 
    पथरी क्याम्पसमा पूर्णकालीन र आम्सिक गरेर दुई वर्गमा विभाजन गरिएको छ । पूर्णकालीनले तीन घण्टाको प्रति पिरेड मासिक ११ हजार र आम्सिकलाई घण्टाको १० हजारको दरले तलब दिदै आएको बुझिएको छ । पूर्णकालीनले बिहान ४—५ घण्टा पढाएर दिउसो १०—४ बजे सरकारी स्कुल जान्छन् । 
    अख्तियारले त्रिभुवन विश्व विद्यालय र त्रिभुवन विश्व विद्यालय निर्देशनालयको छानबिन टोलीबाट पथरी बहुमुखी क्याम्पसलाई विवरण माग गरेपछि सञ्चालक समितिले यी सबै प्रध्यापक आम्सिक हुन भनेर विवरण पठाएको बुझिएको छ । आम्सिक भनेर विवरण पठाएपछि क्याम्पले दिदै आएको तलब पनि आम्सिक हुने क्याम्पसको निर्णय छ । 
    यद्यपि प्रध्यापक संघ मार्फत विवरण आम्सिक भरेर पठाएपनि पुरानाहरुको सुविधा पुरानै हुनुपर्ने भनाइ रहेको बुझिएको छ । पुरानो पूर्णकालीनलाई आम्सिक घण्टाको ११ हजारबाट १० मा झारिए पुरानो बाँकी रहेको (६८ लाख) तलब तत्काल पाउनुपर्ने आसाय बुझिएको छ । 

    प्रध्यापक संघ र विद्यार्थीको अल्टिमेटमसहितको पत्र क्याम्पसलाई
    पथरी बहुमुखी क्याम्पस प्रध्यापक संघले पुरानो बाँकी रहेको ६८ लाख बराबरको तलब ब्यबस्थापन गर्नुपर्ने, सहायक क्याम्पस प्रमुख, बिभागीय प्रमुखहरु नियुक्त गर्नुपर्ने, क्यूएए लगायतका बिषयमा माग राख्दै अल्टिमेटम दिएको थियो । 
    स्वतन्त्त विद्यार्थी युनियनले पनि नियमित कक्षा सञ्चालन हुनुपर्ने, क्याम्पस ड्रेस अनिवार्य गर्नुपर्ने, अतिरिक्त कक्षा सञ्चालन, आन्तरिक परीक्षा नियमित गर्नुपर्ने, क्याम्पसले बस ब्यबस्थापन गर्नुपर्ने, होम सेन्टर अन्त गएकोले पुन क्याम्पसमै ल्याउनुपर्ने लगायतको अन्टिमेटम दिएका थिए । विद्यार्थीको बैशाख ५ गतेसम्मको अल्टिमेटम थियो । 

    दुबै पक्षको मागहरु तत्काल पुरा हुन्छन ?
    प्रध्यापक संघले राखेको करिब ६८ लाख बराबरको पुरानो तलब तत्काल तिर्न संभव नभएको सञ्चालक समितिको भनाइ छ । पूर्णकालीनबाट आम्सिकमा झारिएका र क्याम्पसमा बिभिन्न जिम्मेवारीमा राखिएका प्रध्यापकहरुलाई जिम्मेवारीबाट हटाउने कि राख्ने नीति क्लियर नभएको बुझिएको छ । 
    यता विद्यार्थीहरुको मागहरुमा कक्षा नियमित रुपमा सञ्चालन नभएको मान्न तयार छैनन क्याम्पस प्रमुख शान्तिराम तिम्सिना । प्रध्यापकहरुले बर्षमा ३० दिन बिदा पाउछन् । त्यो भन्दा बढी कसैले नगरेको तर्कको आधारमा कोर्ष सकिएर एका दुई बाहेक नियमित रुपमै सञ्चालन भइरहेको तिम्सिनाको भनाइ छ । 
    अतिरिक्त कक्षा सञ्चालन भइरहेको, पोषाक अनिवार्य गर्न विद्यार्थीहरु आफै जिम्मेवारहुनुपर्ने, क्याम्पसले बस खरिद गर्न तत्काल नसकेपनि कुन स्थानबाट कति विद्यार्थी चढ्छन विवरण माग गर्दा हालसम्म नआएको कारण ब्यबस्थापनमा समस्या भएको क्याम्पसको भनाइ छ । होम सेन्टर अन्त गएको बारे स्ववियु सभापति र सचिवसमेत लगेर परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालयमा गएर बुझ्दा त्रिभुवन विश्व विद्यालयले सेल्फ पेयी (परीक्षा खर्च) परीक्षा केन्द्रहरुमा लापार्बाही भएको भन्दै देशैभर कटौती गरेको भन्ने जवाफ आएको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको भनाइ छ । आन्तरिक परीक्षामा २० प्रतिशत भन्दा बढी विद्यार्थी सहभगी नभएको क्याम्पस प्रशासनको भनाइ छ । यद्यपि विद्यार्थीका मागहरु मूल्याङ्कन गर्दा कुर्सीनै निकालेर झुण्ड्याउनु पर्ने स्तरको हो कि होइन ? विचार गर्नुपर्ने क्याम्पस प्रशासनको प्रस्न छ । 

    कसरी रुख पस्यो कुर्सी

    बैसाक १३ गते बिहान स्ववियु सभापति केशर राई, सचिव भुपाल खतिवडाको टोली क्याम्पस प्रमुख शान्तिराम तिम्सिनालाई भेट्न आए । सचिब भुपाल खतिवडाबाट सोधनी भयो । हाम्रो माग बारे के प्रगति भयो ? क्यम्पस प्रमुख शान्तिराम तिम्सिनाले विद्यार्थी र प्रध्यापक संघ दुबैका माग बारे सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतलाई फरवार्ड गरेको जानकारी गराए । 
    यति कुरा भएपछि हाम्रो माग पुरा भएन बाहिर निस्किदिनुस् हामी ताला लगाउछौ भनेपछि कुर्सी निकालेर नेम प्लेटसहित रुख चढाएर बाँधियो । कार्यालयमा ताला लाग्यो । 

    अध्यक्ष बस्नेत पथरीमा नभएको चर्चा
    क्याम्पसमा समस्याहरु आयो कि अध्यक्ष रामकुमार बस्नेत काठमाडौं बस्ने गरेको चर्चा सुनिन्छ । कहिले काही आउने यस्ता समस्याहरु समाधानमा अलिकति ढिला हुनेगरेपनि सञ्चालक समिति दैनिक प्रशासन चलाउने निकाय होइन । महत्वपूर्ण निर्णयहरु गर्ने, क्याम्पसलाई अगाडी बढाउन योजना बनाउने र बनेको नीतिको कार्यान्वय गर्ने निकाय हो । अध्यक्ष लगायतले दैनिक रेखदेखको लागि समय निकाले राम्रो । यद्यपि अध्यक्ष नभएको कारण समस्याहरु बढेको भन्नुचाँही पुरा ठीक होइन ।

    समाधानको उपाय के हो ? 
    क्याम्पसका केही समस्या समाधान नगरी नहुने प्रकारका छन भने केही राजनीतिक पक्षधरतासँग सम्बन्धित देखिन्छ । क्याम्पसका प्रध्यापक एमालेका बढी छन् । स्ववियु कांग्रेस र माओवादी गठबन्धनको छ । सञ्चालक समितिका अध्यक्ष एमालेबाट जितेर हाल स्वतन्त्र भए । एकले अर्काको रंग हेरेर समस्याहरु उब्जाउने, उछाल्ने भन्दा पनि सबै पक्ष मिलेर शैक्षिक वातावरण निर्माण, गुणस्तरीय शिक्षामा जोड दिदै विद्यार्थी संख्यामा वृद्धि गर्नुपर्ने देखिन्छ । 
    अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी कस्ले लगाएका हुन उजुरीको आसाय एउटै व्यक्ति दुबैतिरको पूर्णकालीन हुन सक्दैन । एउटा व्यक्ति दैनिक ११—१२ घण्टा पढाउदा गुणस्तर दिन नसक्नेसँग सम्बन्धित देखिन्छ । 
    विश्व मान्यता अनुसार एउटा व्यक्तिले दैनिक ८ घण्टा मात्र सहज रुपमा काम गर्न सक्छन् । त्रिभुवान विश्व विद्यालयकै आंगिक क्याम्पसहरुमा हप्तामा घण्टाभन्दा बढी क्लास दिदैन । किनकी उच्च शिक्षा प्रध्यापन पेशा सोधमूलक, नयाँ प्रविधिसँगको अपडेट आवश्यक हुन्छ । बिहान ६ बजे क्याम्पस र १० देखि ४ बजेसम्म स्कुलमा हुने मेन पावर बारे क्याम्पसले विचार गर्नुपर्ने देखिन्छ । दैनिक ११, १२ घण्टा बर्षभरी कक्षामा जाँदा औपचारिकता मात्र पुरा हुन्छ कि प्रभावकारी सिकाइ । यो बिषय प्रदेश र देशभरीको प्रस्न हो । 
    क्यूएएको लागि फिल्ड भिजिटमा आएका त्रिभुवन विश्व विद्यालय अनुदान आयोग टोलीले पथरी क्याम्पसले विद्यार्थी पास प्रतिशत बृद्धि गर्नुपर्ने, वीचैमा पढाइ छाड्ने विद्यार्थीको संख्या घटाउनु पर्ने, सिकाइ अभ्यास एकातर्फी (लेक्चर विधि) मात्र प्रयोग भएकोले दोहोरो प्रणालीको बिकास गर्नुपर्ने, मानव श्रोत बिकासको योजना नभएको, अनुसन्धान लेख सिमित भएको लगायतको निष्कर्ष लेख्दै सुझाब दिएको थियो । आयोगको यो सुझाव पुरा गर्न पनि फ्रेस अनि पूर्णकालीन जनशक्ति आवश्यक छ । 
    यिनै बिषयहरुलाई ध्यान दिदै आगामी क्याम्पस सभाले नयाँ नीतिहरु निर्माण गरेर कडाइको साथ लागू गर्नुपर्ने देखिन्छ । 


     

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…