• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी लगायतलाई बिहिबार सम्मान गरेको छ ।

    पथरीशनिश्चरे नगरपालिका—१ नं. वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई नगरको सम्पदाको रुपमा सम्मान गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । 

    सम्मानित हुनेहरुमा पथरीशनिश्चरे नगरका पूर्ब प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, डा. भुपेन्द्र बस्नेत, शंकराचार्य हेमानन्द गिरी, प्रदेश सभा पूर्व सदस्य कृष्णकुमारी राई, रातोकलम अनलाइनका प्रधान सम्पादक पत्रकार अर्जुन जम्नेली राई, नेपाल जेसीज पूर्ब अध्यक्ष अशोक शंकर, पूर्ब राष्ट्रिय खेलाडी फुटबलर दीपक राई, वर्तमान महिला फुटबल खेलाडी दीपा न्यौपाने, भारोतलानका खेलाडी प्रकाश राई, गायक महेश बुढाथोली, जनगायक वीरध्वज शिवा, चित्रकार (कलाकार) सरोजा खड्गीलाई सम्मान गरेको हो । 

    पूर्ब जनप्रतिनिधिहरु बाबुराम एङ्देन, बसन्तिकुमारी राई, मानप्रसाद लिम्बू र पथरी गाविस पूर्ब अध्यक्ष तिलक राईलाई (मरनोप्रान्त) सम्मान गरेको हो । त्यसैगरी लेखक÷पत्रकार दिपेन्द्रराज तिम्सिना, पत्रकार भूमिप्रसाद पाठक, गोपाल काफ्लेलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । टेकबहादुर बिष्ट, वीरबहादुर बस्नेतलाईसमेत सम्मानित भएकाहुन् । 

    सम्मानपछि नगर प्रमुख मोहन तुम्बपो, स्थानीय समाजसेवी युवराज बास्कोटा, रुपनारायण भट्टराईले बधाई शुभकामना दिएका थिए । सम्मानितहरुको तर्फबाट डा. भुपेन्द्र बस्नेत र हेमानन्द गिरीले आफ्नो अनुभुतिहरु राखेका थिए । 

    वडा सचिव मित्रकला चापागाईद्वारा सञ्चालित कार्यक्रम वडा सदस्य सुरेश कार्कीले स्वागत र बसन्ती गुरुङले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी प्रदिपकुमार राई, तुलशी ढकाल, पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ खरेल, पथरी कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

    रातोकलमको प्रधान सम्पादकलाई अर्को सम्मान

    पथरीशनिश्चरे नगरको सम्पदाको रुपमा सम्मानित सञ्चारकर्मीको अर्जुन जम्नेली राई रातोकलम अनलाइनको प्रधान सम्पादक हुन् ।  प्रदान सम्पादक राई पथरीशनिश्चरे नगरलाई मुख्य आधार बनाएर अढाई दशक अघिदेखि पत्रकारिता गर्दै आएका छन् । 

    राईलाई यस अघि पथरीशनिश्चरे नगरपालिकाले २०७८ सालमा अग्रज पत्रकारको रुपमा मुहारचित्र (पेन्टिङ)सहित सम्मान गरेको थियो । त्यसैगरी नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले २०७८ मा, किरात राई पत्रकार संघ सुनसरीले २०६८ सालमा सम्मान गरेको थियो । सी.एम.कन्दङ्वा स्मृति कोष पथरीशनिश्चरेले २०७९ मा शुशिला कन्दङ्वा पत्रकरिता राष्ट्रिय सम्मान, किरात राई यायोक्खा मोरङले २०७९ र लर्ड बुद्ध बचत तथा ऋण सहिकारी संस्थाले २०७९ सम्मान गरेको थियो । प्रधान सम्पादक राईलाई जनविद्रोह दैनिक, औजार दैनिक लगायतले यस अघिनै स्तम्भकारको रुपमा सम्मान गरेको थियो । 
    दर्जन बढी संस्थाहरुद्वारा सम्मानित भइसकेका राई नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय अनुशासन आयोगको संयोजक, सोही संस्थाको १ नं. प्रदेश र मोरङ जिल्ला समितिको पूर्ब अध्यक्ष, प्रेस सेन्टरको केन्द्रीय सदस्यसमेत हुन् ।

    प्रधान सम्पादक राई किरात राई यायोक्खा वर्तमान केन्द्रीय उपमहासचिव, नेपाल पत्रकार महासंघ मोरङको पूर्ब जिल्ला समिति सदस्य, केन्द्रीय पार्सद, सञ्चार क्लव उर्लाबारीको वर्तमान सल्लाहकार, किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्षसमेत हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई प्रदेश सरकारबाट नमुना घोषित विद्यालय मोरङ पथरीशनिश्चरे स्थित पञ्चायत माविमा कक्षा ११ र १२ कक्षामा अध्यपनसमेत गराउदै आएका छन् ।


     

सम्वन्धित समाचार

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भि…