• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ । 

    बाँसेचौरीमा भएको भेलाले तेजेन्द्र प्रकाशराज भण्डारीलाई संयोजक बनाउदै नयाँ समिति पुनरगठन भएको हो । भेलाले सहसंयोजकमा भीमबहादुर राई, सचिवमा यादव गौतम, कोषाध्यक्षमा राम संग्रौला चयन भएका छन् । 

    सदस्यहरुमा राजकुमार चापागाई, घनश्याम देवकोटा, रुस्तम लावती, अर्जुन राई, तिलबहादुर बस्नेत, भीम भट्टराई, सुवास राई, इन्द्रबहादुर गौतम, सुकदेब राई, राजेश कन्दङ्वा, आरके राई, धौलतबहादु याक्खा, दिदेश शंकर, हेमन्तकुमार श्रेष्ठ, भीम श्रेष्ठ, प्रेमप्रसाद तामाङ रहेका छन् । 

    भेलामा अभियानको कोशी अञ्चल समितिका उपाध्यक्ष प्रभु ओझा, कोषाध्यक्ष निता शाक्य, सल्लाहकार राजकुमार कार्की, युवा अञ्चल संयोजक कमल खड्का लगायत उपस्थिति रहेका थिए । कार्यक्रममा हेमचन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो । नयाँ समितिको पुनरगठनसँगै बास्तोलालाई प्र्रमुख सल्लाहकार चयन भएको छ । 

    अभियान समितिको पथरी बजारमा कार्यालय खोलेर बैंक, फाइनान्स, लघुवित्त, सहकारी संस्था पीडितहरुलाई सेवा र अन्यायमा परेकाहरुलाई सहयोग गर्ने नव गठित समितिका संयोजक तेजेन्द्रराज भण्डारीले बताए । अन्यायको विरुद्ध सडक संघर्ष र न्यायलयबाट सहयोग गर्ने भण्डारीले बताएका छन् । 
    मोरङको रंगेलीमा वितीय संस्थाहरुको पीडित बढी भएको कारण बैसाक २९ गते दुर्गा प्रसाइ त्यहाँ जाने कार्यक्रम रहेको सो संगठनले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…