• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ । 

    बाँसेचौरीमा भएको भेलाले तेजेन्द्र प्रकाशराज भण्डारीलाई संयोजक बनाउदै नयाँ समिति पुनरगठन भएको हो । भेलाले सहसंयोजकमा भीमबहादुर राई, सचिवमा यादव गौतम, कोषाध्यक्षमा राम संग्रौला चयन भएका छन् । 

    सदस्यहरुमा राजकुमार चापागाई, घनश्याम देवकोटा, रुस्तम लावती, अर्जुन राई, तिलबहादुर बस्नेत, भीम भट्टराई, सुवास राई, इन्द्रबहादुर गौतम, सुकदेब राई, राजेश कन्दङ्वा, आरके राई, धौलतबहादु याक्खा, दिदेश शंकर, हेमन्तकुमार श्रेष्ठ, भीम श्रेष्ठ, प्रेमप्रसाद तामाङ रहेका छन् । 

    भेलामा अभियानको कोशी अञ्चल समितिका उपाध्यक्ष प्रभु ओझा, कोषाध्यक्ष निता शाक्य, सल्लाहकार राजकुमार कार्की, युवा अञ्चल संयोजक कमल खड्का लगायत उपस्थिति रहेका थिए । कार्यक्रममा हेमचन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो । नयाँ समितिको पुनरगठनसँगै बास्तोलालाई प्र्रमुख सल्लाहकार चयन भएको छ । 

    अभियान समितिको पथरी बजारमा कार्यालय खोलेर बैंक, फाइनान्स, लघुवित्त, सहकारी संस्था पीडितहरुलाई सेवा र अन्यायमा परेकाहरुलाई सहयोग गर्ने नव गठित समितिका संयोजक तेजेन्द्रराज भण्डारीले बताए । अन्यायको विरुद्ध सडक संघर्ष र न्यायलयबाट सहयोग गर्ने भण्डारीले बताएका छन् । 
    मोरङको रंगेलीमा वितीय संस्थाहरुको पीडित बढी भएको कारण बैसाक २९ गते दुर्गा प्रसाइ त्यहाँ जाने कार्यक्रम रहेको सो संगठनले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…