• मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्रीपूर्ण फुटबल खेल भएको छ । 

    पथरीशनिश्चरे—२ नं. वडा कार्यालयको आयोजनामा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सो खेलको फाइनलको पूर्ब सन्ध्यामा कानेपोखरी र पथरीशनिश्चरे नगरवीच मैत्रीपूर्ण खेल भएको हो । 

    मैत्रीपूर्ण खेलमा कानेपोखरीलाई ४—२ गते अन्तरले पथरीशनिश्चरे नगरपालिकाले बिजय भएको छ । पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको नेतृत्वमा निस्केको खेलमा टिमको लागि हेमचन्द्र बुढाथोकीले २, सागर श्रेष्ठ र बालकृष्ण राईले १—१ गोल गरेका थिए । 

    कानेपोखरी गाउँपालिकाबाट वडा अध्यक्ष चरण गुरुङको नेतृत्वमा मैदान छिरेको खेलमा क्याम्टेन गुरुङ र अर्को गोल भुवन लिम्बूले फर्काएका थिए । बिजेता पथरीशनिश्चरेलाई दुई, उपविजेता कानेपोखरीलाई एउटा लोकल भाले, म्यान अफ द म्याच पथरीका खेलाडी हेमचन्द्र बुढाथोकीलाई एक कार्टुन अण्डा प्रदान गरिएको थियो । 

    कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, कानेपोखरीका उपाध्यक्ष भोला अधिकारी लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागी रहेका थिए । पथरीशनिश्चरेको १० वटा वडावीच भइरहेको भेट्रान फुटबल प्रतियोगिताको फाइलन भोली सोमबार हुने आयोजक समितिले जनाएको छ । 

     


सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …