• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधी आयोजक—२ नं. वडा पालिका विजयी भएको छ । 
    आज (सोमबार) भएको फाइनल खेलमा ४ नं. वडालाई १—२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । 
    फाइनल खेलको पहिलो हापमै बिजेता २ नं. वडाका लागि दुबै गोल मदन राईले गरेका थिए । दोस्रो हापमा ४ नं. वडाका खेलाडी यादब राईले गोल फर्काएका थिए । खेल बिजेता पथरीशनिश्चरे—२ नं. वडालाई नगद ५० हजार र उपविजेता ४ लाई २० हजार नगद ट्रफी र मेडल प्रदान गरिएको थियो । 
    बिजेता टिमका मदन राई प्रतियोगिताभर ११ गोल गरेर हाइ स्कोरर र फाइनल खेलको म्यान आफ द म्याच घोषित भए । सर्वोउत्कृष्ट खेलाडी विजेता टिमकै जोन सुब्बा, बेष्ट रक्षक सन्तोष राई, डिफेन्डर बिजय (किम्जो)ं राई घोषित भए । 
    उत्कृष्ट मिड फिल्डर उपबिजेता ४ नं. वडाका क्याप्टेन लोकेन्द्र राई र फर्वाड सुर्य शिवा घोषित भए । बिजेता, उपविजेता र पुरस्कार विजेता खेलाडीहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, प्रवक्ता नवीन कार्की, आयोजक २ नं. वडा अध्यक्ष नैना साम्पाङ राई, ४ नं. वडा अध्यक्ष लोककिरण न्यौपाने लगायतको हातबाट वितरण गरिएको थियो । 
    भेट्रान फुटबल प्रतियोगिता स्वास्थ्य र मनोरञ्जन प्रदान गर्ने उदेश्यले आयोजना गरिएको आयोजक २ नं. वडा अध्यक्ष नैना साम्पाङ राईले बताए । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका पूर्ब खेलाडी र जनप्रतिनिधिहरु सहभागी रहेका थिए । प्रतियोगितामा १० वटै वडाबाट टिम सहभागी रहेका थिए । पञ्चायत माविको खेल मैदानमा भएको फाइनल हेर्न व्यापक दर्शक उपस्थित थिए । 

    उपविजेता ४ नं. वडाका खेलाडी


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…