• मोरङ । बिद्यालयमा बालिकाहरुमाथि हुनसक्ने ब्याड टच, निशुल्क सेनिटरी प्याडको सुबिधा र प्रयोग सम्बन्धि मोरङको पथरीशनिश्चरेमा सम्बाद कार्यक्रम समापन भएको छ  । 
    पथरीशनिश्चरे महिला फेडेरेसनको आयोजना र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पथरीशनिश्चरे नगरको सहकार्यमा सोमबार पथरी बहुमुखी क्याम्पसमा सम्बाद कार्यक्रम समापन भएको हो । 

    बालिका मैत्री पठनपाठन बहुपक्षीय सवाल विषयक सम्बाद कार्यक्रममा बिद्यालयमा बालिका माथि हुनसक्नै हिंसा, निशुल्क सेनिटरी प्याडको उपलब्धना, प्रयोग र प्रयोग भएको प्याड व्यबस्थापनको अनुभव आदान प्रदान भएको थियो । 

    उमेर पुगेका छात्राहरु रजस्वलाहुँदा सरकारले सेनिटरी प्याड निशुल्क वितरण गर्दै आएको छ । छात्राले महिनामा १६ वटासम्म सेनिटरी प्याड पाउने व्यवस्था छ । 

    सम्बाद कार्यक्रममा पथरीशनिश्चरे नगरमा रहेका सरकारी विद्यालयमा अध्ययरत छात्राहरु, विद्यालयमा छात्राको समस्या हेर्ने फोकल पर्सन, अभिभाबक, प्रधानाध्यपक, शिक्षक, महिला शिक्षकहरु विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु सहभागी रहेका थिए । 

    छात्राहरु रजस्वलाहुँदा प्याड चेन्जिङ रुम, प्रयोग  भएको प्याड व्यवस्थापन, पेट दुख्दा रेष्ट रुम, उपचारको लागि नर्स भए नभएको बारे छलफल तथा अनुभब आदान प्रदान भएको थियो । प्रदेश सरकारले नमुना घोष्णा गरेको पञ्चायत माध्यामिक विद्यालय बाहेक अधिकांश विद्यालयहरुमा नर्स, रेष्ट रुम सुबिधा नभएको छलफलमा सहभागीहरुले बताएका थिए । 

    प्रयोग भएको प्याड जलाउने इलेक्ट्रोनिक मेशिन विद्यालयहरुलाई दिइएपनि जलाउदा आउने गन्धले बस्ति नै दर्गन्धित भएर स्थानीयबासीहरुले विरोध गरेपछि सबै विद्यालयहरुमा प्रयोग विहिन अवस्थामा रहेको प्रधानाध्यापकहरुले बताए ।  

    छलफलमा कतिपय विद्यालयमा शिक्षकबाट छात्रा माथि ब्याडटच (असहज महसुस हुनेगरी छुने) गरेको पाइएको र सञ्चारको बिकासको कारण छात्राहरुले पनि कति शिक्षकहरुलाई अप्रमाणित आरोपहरु लगाउने गरेको उदाहरणहरु पेस भएको थियो । छात्राहरुलाई कोही माथि ब्यडटच लगायतको हिंसा गरेमा साथिहरु वा अभिभाबकलाई सुनाउन, निशुल्क वितरणहुने प्याड प्रयोगमा लजाउन नहुने महिला अधिकारकर्मीहरुले बताएका थिए । 

    जिल्ला समन्वय समिति मोरङको उपप्रमुख उषा झाको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका  नगर अध्यक्ष युवराज बास्कोटा, विद्यालयको तर्फबाट महिला फोकल पर्सनहरुले विचार र अवस्था बारे बिषय राखेका थिए ।

    आयोजक समितिको अध्यक्ष गोमादेवि दाहाल (निरौला)को सभापतित्वमा भएको कार्यक्रम,
    सोभा बजगाईले सहजिकरण गरेका थिए । कक्षा १० सम्म अध्ययनरत छात्राहरुले पेट दुख्दा रेष्ट रुम र नर्सको आवश्यकता रहेको बताएका थिए ।

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…