• मोरङ । धार्मिक÷सांस्कृतिक महत्व घटाउने र सार्वजनिक सम्पदा व्यापारिकरण गर्दै व्यक्तिगत लाभ लिने उदेश्यले ताप्लेजुङको मुकुमलुङमा केवलकार निर्माण गर्ने विरद्धको आन्दोलन अझ सशक्तहुँदै गएको छ । 


    मुकुमलुङमा केवलकार निर्माण गर्दा सांस्कृतिक महत्व घट्ने भएको भन्दै लिम्बू समुदायको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतले विरोध गर्दै आएको छ । कुनै हालतमा केवलकार बन्न नदिन संघर्ष समिति गठन गरेरै आन्दोलन गरिरहेका छन् । 

    नेपालको राजधानी काठमाडौ नजिकै चन्द्रागिरी डाँडामा केवलकाल चलाउदै आएका चन्द्र ढकाल लगायतको टोलीले ताप्लेजुङको मुकुमलुङ (पाथीभारा)मा केवलकार लगाउन प्रयास गरिरहेका छन् । 

    संघर्षरत संस्थाहरुले जुनसुकै मूल्य चुकाएर भएपनि मुकुमलुङमा केवलकार बनाउन नदिने अडानसहित आन्दोलन गरिरहेका छन् । केवलकार बनाउन १० हजार बढी राष्ट्रिय फूल गुरास लगायतको बोट विरुद्ध फडानी गर्न मानिस खटाउने गरेका छन् ।

    आन्दोलनरत संस्थाहरुले पटक पटक रुख ढाल्न आउने मानिसहरुलाई लखेट्ने गरेका छन् । चन्द्र ढकालले भाडामा खटाएका मानिसहरुले आइतबार (बैसाक ३०ं) गते केवलकार बनाउने भनिएको स्थानमा रुखहरु ढालेका थिए । 

    रुख ढालेको थाहा पाउनेसाथ जम्मा भएका आन्दोलनरत समूहले सोमबार (३१ बैसाक)मा चन्द्र ढकालले भाडामा प्रयोग गरेका मानिसहरुलाई लखेटेका थिए । सैयौ आन्दोलनरत पक्ष र भाडाका मानिसहरुवीच झडपसमेत भएको थियो । झडपमा दुवै पक्षबाट केही घाइते भएको बताइएको छ । झडपमा दुवै पक्षबाट खुकुरी उब्जाइ, उब्जाइसम्म भएपनि संयमता अपनाएको कारण मानवीय क्षेति नभएको जानकारी आएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले बताए । 
    गाउँगाउँबाट आन्दोलनकारीहरु थपिँदे गएपछि ढकालले भाडामा लगिएका मानिसहरु जंगलै जंगल भागेको जानकारी आएको चुम्लुङले जनाएको छ । मुकुमलुङको काफ्ले पार्टीमा आज .(जेठ १)ं मा आन्दोलनकारीहरु जम्मा भएर बसेको रुख ढाल्न कोही आए झडपको स्थिति भएको बुझिएको छ । 

    ताप्लेजुङमा झडप भएपछि बैसाक ३१ गते सुनसरीको धरानमा रहेको प्रदेश स्तरीय वन कार्यालयमा आन्दोलनकारीहरु घेराउ गरेका थिए । राज्यको सार्वजनिक सम्पदाको रुपमा रहेको धार्मिक आस्था घट्ने र व्यक्तिगत लाभको लागि व्यपारिकरण गर्न रुख ढाल्न दिइएको अनुमति खारेज गर्न माग गर्दै धरान स्थित वन कार्यालय घेराउ गरेका थिए । 

    संघर्ष समितिको मंगलबार (आज)ंं जुम प्रविधिमा बसेको बैठकले भोली जेठ २ र ३ गते ताप्लेजुङ जिल्ला आम हड्ता, मेची राजमार्ग र तमर करिडोर (.सडक)ं बन्द गर्ने निर्णय गरेको छ । 

    ताप्लेजुङमा जेठ ३ गतेदेखि ताप्लेजुङ पर्यटन महोत्सव २०८१ तयारी भइरहेको छ । महोत्सव केवलकार निर्माण गर्ने चन्द्र ढकालकै योजनामा भएको हुनसक्ने आन्दोलनरत पक्षको बुझाइ छ । महोत्सव उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड ल्याउन कसरत भइरहेको र प्रचण्डलाई प्रयोग गर्न खोजिएको आन्दोलनरत पक्षको बुझाइ छ । 

    किरात, लिम्बू समुदायको सांस्कृतिक आस्था माथि प्रहार गर्न प्रधानमन्त्री प्रयोग हुने स्थिति आए कालो झण्डा प्रदर्शन हुनसक्ने आन्दोलनरत पक्षको बनाइ छ । 

    आन्दोलन चलिरहेकै बेला डकैति शैलीमा जंगल पसेर रुख काट्नेलाई कारबाही, राज्यको तर्फबाट माफी माग्दै काटिएको स्थानमा नयाँ विरुवा रोप्नुपर्ने संघर्ष समितिले माग गरेका छन् । 
    मंगलबारको बैठकले ताप्लेजुङमा आन्दोलनरत जनशक्ति गाउँगाउँबाट केन्द्रित गर्ने, नगरपालिका र ताप्लेजुङको वन कार्यालय घेराउ गर्ते, केवलकारको सामान हटाउने, कार्यालय बन्द गर्ने, घट्ना र मुद्धाको बिषयमा प्रधामन्त्री, प्रदेश सरकार र पार्टीहरुलाई जानकारी गराउने निर्णय भएको अभियानकर्मी राम मादेनले जानकारी दिए । 

    एउटा व्यपारीको पक्षमा लागेर राज्य आफै जवरजस्तिमा लागे मुकुमलुङबाटै नयाँ विद्रोह सुरु गर्न तयार रहेको तर कुनै हालतमा पछि नहट्ने संघर्ष समितिले जनाउदै आएको छ । मुकुमलुङमा यस अघि पनि पटक पटक केवलकार पक्षधर भाडाका मानिसहरुलाई आन्दोलनरत पक्षले लखेट्दै आएका थिए । 

    चन्द्र ढकाल फिल्डमा कहिले नआउने तर एमाले, माओवादी केन्द्र, कांग्रेसका मानिसहरुलाई करोर्डौ रुपैयाँ दिएर केवलकारको पक्षमा बोल्न लगाउने र मानिसहरु खटाउने गरेको संघर्ष समितिको आरोप छ । 
         

    आन्दोलनरत पक्ष मुकुमलुङमा तैनाथ

सम्वन्धित समाचार

मोरङ । जनता समाजवादी पाटी, नेपाल बिभाजनपछि गठन भएको पहिचानवादी मोर्चाले आज (सोमबार) मोरङको उर्लाबारी&…

मोरङ । मोरङको पथरीशनिश्चरे १० नं.वडामा आदिबासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको हो ।  न…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले ढिला…

मोरङ । पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले पथरी बहुमुखी क्याम्पस ओरालो लागेको नभएर लगाइएको बताएका छन्…