• मोरङ । पूर्बी नेपालमा मुख्य बसोबास रहेको किरात राई, लिम्बू लगायत किराती समुदायको आज(शूल्क पूर्णिमा)देखि उभौली चाड सुरु भएको छ । 
    किरातीहरुले बैशाख शूक्ल पूर्णिमादेखि किरातीहरु प्रकृति र पितृ पुजा  गर्दछन् । घरघरमा पितृ (तीन चुलालाई प्रतिक मानेर) पुजा गर्दछन् । पितृपुजा पछि साकेला थान (प्रकृति पुजा गर्ने स्थान)मा सामुहिक पुजाको साथै भेटेर साकेला नाच्ने, आफन्तहरुसँग भेटघाट गर्दछन् । 
    यो चाड पूर्बी नेपालको बिभिन्न स्थानहरु, काठमाडौं उपत्यकाको साथै बेलायत, अमेरिका, हङ्कङ, भारत लगायतका देशरुमा उभौली चाड भब्य रुपले मनाउने गर्दछन् ।
    गत बर्ष (२०७९ फागुन १७) गते प्रदेशको नाम कोशी राखिएपछि किराती समुदाय सो विरुद्ध आन्दोलनमा छन् । प्रदेशको नाम डकैती शैलीमा कोशी राखिएको भन्दै गत बर्ष किरात राई समुदायले सडकमै साकेला नाचेका थिए । किरात राई यायोक्खा मोरङले गत बर्ष बेलबारीमा सडकमै साकेला नाचेका थिए । 
    यो बर्ष पनि साकेला चाड आन्दोलनकै रुपमा मनाउने निर्णय गर्दै कोशी नाम राख्ने ८२ जना प्रदेश सांसद (मन्त्री), पूर्बका राई, लिम्बूलाई समुदायगत रुपमा आतंककारी भनेर साम्प्रदायिक गालि गर्ने ३ जना गरी ८५ जनालाई राईको साकेला र लिम्बूको याक्वा तङ्नाममा कुनै पनि अतिथि नबोलाउन प्रदेश, जिल्ला, स्थानीय तह (पालिका) र वडा समितिहरुलाई निर्देशनसहितको सर्कुलर गरिसकेको छ । 
    किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको हस्ताक्षरसहितको पत्रमा कोशी नाम खारेजीको आन्दोलन चलिरहेकोले प्रदेश मन्त्री र सांसदलाई कार्यक्रममा नबोलाउन सर्कुलर जारी गरिसकेको छ । 
    त्यसैगरी आज .(जेठ १०ं) विज्ञप्ति प्रकाशन गर्र्दै किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका अध्यक्ष प्रेम एक्तेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोशी नाम विरुद्ध संघर्ष चलिरहकोले आन्दोलन सफल नभएसम्म प्रदेशका मन्त्री, सांसद र नेपालमा साम्प्रदायिक भाड्काउन उद्धत ३ जनालाई कार्यक्रममा नबोलाउन विज्ञप्ति मार्फत सबैलाई जानकारी गराएका छन् । 
    कोशी नाम खारेजी आन्दोलनको क्रममा अघिल्लो कार्यकालमा मुख्यमन्त्री हिक्मत कार्की र केदार कार्कीलाई छुट्टछुट्टे मिटिमा ओखलढुङ्गा, केदार कार्कीलाई झापा दमकमा आक्रमण भएको थियो । पहिचानको आन्दोलनरत समुदायलाई गालि गरेको भन्दै केपी ओलीलाई झापादेखि इलाम, पाँचथरदेखि तेह्रथुमसम्म, योगेश भट्टराईलाई ताप्लेजुङमा, महेश बस्नेतलाई झापा विर्तामोड र धनकुटामा आक्रमण भएको थियो । 
    कोशी नाम खारेजी नभएकोले यो बर्ष (२०८१, यले सम्बत ५०८४)मा प्रदेश सांसद मन्त्रीलाई नबोलाउन र बोलाइएमा त्यहाँ हुनसक्ने दूव्र्यबहार र भौतिक क्षतिको जिम्मेवार सम्बन्धित स्वायमले लिनुपर्ने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । कोशी नाम खारेजी राखेको र खारेजीमा नलागेकोमा जनता आक्रोशित भएकोले जुनसुकै बेला ढुङ्गामुढा हुनसक्ने भएकोले कोशी नाम खारेजी नभएसम्म सोकलामा नबोलाउन र नजान सर्कुलर गरिएको यायोक्खाले जनाएको छ । 

     

     

     

     

     

     

सम्वन्धित समाचार

मिति २०८१ साल भदौ २२ गते सम्पन्न संघीय महिला मञ्च मोरङको जिल्ला अधिवेशनद्वारा निर्वाचित कार्यसमिति ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छै…

मोरङ । पार्टी विभाजनमा आधा बढी सांसदहरुले छाडेर गएपछि कमजोर जस्तो देखिएका उपेन्द्र यादब संगठन विस्तार गर्…

पहिचानवादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&r…