• मोरङ । पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले पथरी बहुमुखी क्याम्पस ओरालो लागेको नभएर लगाइएको बताएका छन् । 
    क्याम्पसको बिहिबार (जेठ १०) भएको १६ औंं क्याम्पस सभालाई सम्बोधन गर्दै नगर प्रमुख तुम्बापोले सो कुरा बताएका हुन् । 
    सरोकारवाता सबै पक्षको सकारात्मक सोच र भूमिका भएमात्र क्याम्पस अघि बढ्ने बताए । विद्यार्थी क्याम्पस प्रमुखको कुर्सी रुखमा चढाएर बाँध्ने, कार्यालयमा ताला लगाउने, शुल्क बढाउन अबरोध गर्ने, प्राध्यापकहरु काम नगरेको समयको पनि तलव लिने (कोभिट काल लगायत), सञ्चालक समितिले पर्याप्त योजना निर्माण नगर्ने, क्रियाशील नहुने अनि ओरालो लाग्यो भन्नुको कुनै अर्थ नहुने नगर प्रमुख तुम्बापोको भनाइ थियो । 
    निजी विद्यालय र क्याम्पसहरुमा ५ गुणा बढी शुल्क भएको थाहा हुँदाहुँदै समय अनुसार शूल्क वृद्धि गर्न मनान्ने, क्याम्पसको समस्या थाहाहुँदाहुँदै मागहरु राखेर समस्या आफै सिर्जना गरिरहेको बताए । बार्षिक शूल्क तिर्नै नसक्ने वर्गका विद्यार्थीहरुको अध्ययन गरेर नगरबाट छात्रवृति दिन सकिने नगर प्रमुख तुम्बापोले बताएका छन् । 
    क्याम्पस पथरीको गहना, गर्व लाग्छ भन्ने तर बुझिबुझि आफै समस्यामा पार्ने गरेको तुम्बापोको भनाइ थियो । सबैले गम्भीर समीक्षा गरेर सहयोग गरे मात्र क्याम्पस अघि बढ्ने नगर प्रमुख तुम्बापोले बताए । 
    क्याम्पस सभालाई शुभकामना दिने क्रममा क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक (पूर्व क्याम्पस प्रमुख) लगायतले शुभकामना दिने क्रममा क्याम्पस ओरालो लागेको बताएका थिए । 
    प्राध्यापक संघका अध्यक्ष बस्नेतले एक बर्षसम्म भोको पेट राखेर काम गर्नुपरेको बताएका थिए । पूर्ब क्याम्पस प्रमुख अर्जुन बुढाथोकीले एईइमा ३५ .(नन ग्रेडिङं) प्रतिशत अंक ल्याउनेले मात्र उच्च शिक्षा पढ्न पाउने नीतिले झनै विद्यार्थी घट्ने संभाबना रहेको बताएका छन् । शुभकामना दिने क्रममा हेमानन्द गिरीले भने हिम्मत हार्नु नहुने सुझाव दिएका छन् । 
    बक्ताहरुले क्याम्पस ओरालो लागेको चर्चा चलाएपछि कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख मोहन तुम्बापोले क्याम्पस आफै ओरालो लागेको नभएर लगाइएको बताएका हुन् । क्याम्पस चलाउन नगरपालिकाले २० लाख सञ्चालन खर्च दिदै आएको छ । क्याम्पस सञ्चालक समितिको पूर्ब अध्यक्षसमेत रहेका तुम्बापोले खर्च व्यवस्थापन गर्न नगरपालिकामा पनि कानुनी समस्या रहेको बताएका थिए । 
    कार्यक्रम समापन मन्तब्य दिदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले कुर्सी रुखमा झुण्ड्याउने, क्याम्पसमा कुख्रा पाल्न थालौ भनेर स्टाटस लेख्ने, क्युएएको काम नगर्ने जस्ता क्रियाकलापले क्याम्पसलाई उकालो कि ओरालो लान खोजिएको आफै विचार गर्नुपर्ने बताए । 
    आफूहरु सञ्चालक समितिमा आएपछि एक करोडको भवन बनाएको, नीतिगत बिषयमा कुनै अभाव नराखेको दाबी गर्दै शैक्षिक वातावरण कस्ले बिगार्न खोजिहेका छन आम पब्लिकले समेत मूल्याङ्कन गरिरहेको भन्दै सबैको सकारात्मक सोचबाट मात्र क्याम्पस राम्ररी अघि बढ्न सक्ने बताए । 
    त्रिभुवान विश्व विद्यालय अनुदान आयोगको कानुनी सल्लाहकारले क्याम्पस सञ्चालक समितिको पदेना सदस्यमा नगर प्रमुख, क्याम्पस भएको वडा अध्यक्ष र उद्योग वाणिज्य संघको अध्यक्ष मात्र रहने भनेकोले स्ववियु, प्राध्यापक संघ राख्नुपरे संयुक्त रुपमा विश्व विद्यालयको एड्भाइजरसँग गएर भेटेर समन्वयमा मात्र राख्नुपर्ने बताए । 
    यीनै कारणले विश्व विद्यालयबाट आउने सुविधा (अनुदानं) लगायतमा असर पार्ने अध्यक्ष बस्नेतको भनाइ थियो । बस्नेतले क्याम्पसको श्रोतको लागि २५ हजारको दरले एक हजार क्याम्पस सभा सदस्यहरु बनाउने निर्णय गराएका छन् । हाल २५६ जना सभा सदस्य रहेकोमा कार्यक्रममा ५० भन्दा कम उपस्थिति देखिन्थे । 
    क्याम्पसमा एक बर्षमा सञ्चालक घाटा १९ लाख १० हजार ४१७ आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्राध्यापकहरुको पुरानो तलव दायित्व ६८ लाख बढी रहेको छ । यो दायित्वमा कोभिड माहामारीमा क्याम्पस बन्द भएको बेलाको समेत जोडिएको बुझिएको छ । 
    क्याम्पसका अधिकांश प्राध्यापक सरकारी विद्यालयका स्थायी शिक्षकहरु रहेका छन् । प्राध्यापकहरु बिहान ३ देखि ४ घण्टा क्याम्पसमा, क्याम्पसपछि कक्षा ११—१२ र दिउसो १०—४ बजे स्कुल पढाउने शिक्षकहरु रहेका छन् । 
    दुई तिर पूर्णकालीन र दोहोरो सुविधा उपभोग गर्न नपाइने राज्यको नीति रहेको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेर क्याम्पसमा पत्र आएपछि प्राध्यापकहरु आफै निवेदन दिएर अंशकालीन बनाउन माग गरेका थिए । 
    अख्तियारलाई अंशकालीन भनेर पत्र पठाएपछि सुविधा (तलव÷पारिश्रमिक) पुरानै पाउनुपर्ने आसायको साथ क्याम्पस सञ्चालक समितिमा दबाब आइरहेपछि केही महिना अघिदेखि समस्या आइरहेको छ ।
    क्याम्पस सञ्चालनको लागि त्रिभुवान विश्व विद्यालय अनुदान आयोगले २० र पथरी शनिश्चरे नगरपालिकाले २० गरेर ४० लाखभन्दा बढी सरकारकै अनुदानमा आयरहेको छ । 
    स्वतन्त्र विद्यार्थी युनियनको आफ्नै माग, प्राध्यापकको आफ्नै माग राखेर क्याम्पस प्रमुखको कुर्सी रुखमा चढाएर बाँधेर प्रचार गर्ने, प्राध्यापकहरुले क्याम्पसलाई असहयोग गर्न थालेपछि शैक्षिक वातावरण बिग्रिनुको साथै क्याम्पस झनझन समस्यामा फस्दै गएको छ । क्याम्पसमा हाल ६१७ बिद्यार्थी अध्ययरत छन् । यस अघि ७४४ र त्यो भन्दा अघि ९७० विद्यार्थी रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
    शिक्षा, व्यवस्थापन, मानविकी संकायमा स्नातक र स्नातकोत्तरसम्म अध्ययन, अध्यापनहुँदै आएको पथरी बहुमुखी क्याम्पस २०६४ सालमा स्थापित भएको हो । भौतिक पूर्बाधार र प्रविधिमा कमि नभएपनि राजनीति पार्टीका स्थानीय नेताहर भित्र र बाहिर बसेर खेल्ने, आफै आफैमा बिभिन्न किचलो निकाल्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पत्र, सुबिधा र अधिकार प्रयोगमा तछाडमछाड जस्ता समस्याले क्याम्पसमा समस्या बढ्दै गएको हो । 
    स्वतन्त्र विद्यार्थी युनियनका सभापति केशर राई रहेका छन् । प्राध्यापक कक्षामा फुल टायम नबस्ने गरेकोले फुल टायम पढाउनुपर्ने, नियमित रुपमा पठनपाठन हुनुपर्ने लगायतको माग राख्दै विद्यार्थीहरुले २०८१ बैशाख १३ गते क्याम्पस प्रमुखको कार्यालयमा लगाएको ताला करिव एक महिनापछि जेठ ८ गते मात्र खोलिएको थियो । 
    सोही दिन क्याम्पस प्रमुखको कुर्सी निकालेर सबैले देख्ने ठाउँमा गेट छेउका सोमीको रुपमा बाँधेर प्रचार गरिएको थियो । यो दृश्य देख्नेहरुले एक छिनको मजा त लिए होलान । तर, म्यासेज भने क्याम्पसको शैक्षिक वातारण र आन्तरिक समस्या समाधान गर्ने भन्दा उछाल्नेतिरै लागेको हो कि भन्ने सन्देश प्रवाह भएको छ । 
    क्याम्पस सञ्चाल खर्च मासिक साढे ९ देखि १० लाख आउछ । विद्यार्थी ६ सयको हाराहारीमा छ । यस बाहेक दुई वटा सरकारी निकायबाट अनुदान आउछ । यहाँ भित्रको समस्या प्राध्यापक, विद्यार्थी सबैलाई जानकारी नै छ । क्याम्पस भित्र र बाहिर खेलिरहेका राजनीतिक दलका नेता, कार्यकर्ताहरुलाई पनि जानकारी छ । यद्यपि एक आपसमा मिलेर अघि बढ्नुको सट्टा एकले अर्काको घाँटी निमोठ्ले प्रयास अन्त्य नभए झनै धराशायीहुने देखिन्छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…