मोरङ । मोरङको पथरीशनिश्चरे १० नं.वडामा आदिबासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको हो ।
नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर १० नं. वडा समितिको आयोजनामा आइतबार ३ दिने आदिबासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको हो ।
आयोजक समितिको अध्यक्ष समिर तामाङको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष जीवन खतिवडाले उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट शुभकामना दिएका थिए ।
कार्यक्रममा फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, आदिबासी जनजाति महासंघ नगर समितिको पूर्ब अध्यक्ष हेमभक्त गुरुङ, वडा सचिव सरोज भट्टराई, वडा सदस्य मिना तामाङ, किरात याक्थुङ चुम्लुङ नगर उपाध्यक्ष गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो । तीन दिनसम्म चल्ने क्षमता अभिवृद्धि कार्यक्रममा काजिमान तामाङले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक समितिको सल्लाहकार सुमन कुरुम्बाङले बताए । वडा कार्यालयको सहयोगमा सुरु भएको कार्यक्रम ५० जना सहभागी रहेको बताइएको छ ।