• मोरङ । जनता समाजवादी पाटी, नेपाल बिभाजनपछि गठन भएको पहिचानवादी मोर्चाले आज (सोमबार) मोरङको उर्लाबारी—६ मंगलबारेमा भेटघाट गरेको छ । 
    धिमाल जातीय विकास केन्द्रको कार्यालयमा भएको भेटघाटमा मोर्चाको संयोजक डा.महेन्द्र लावतीले विचार प्रस्तुत गरेका थिए । पहिचानवादी मोर्चाको केन्द्रीय संयोजक लावतीले जसपा, नेपाल विभाजनपछि दुवै समूहका असन्तुष्टहरु, बिभिन्न पार्टीका पहिचान पक्षधर नेता कार्यकर्ताहरुलाई समेट्न मोर्चा गठन गर्नुपरेको विचार दिएको एक सहभागीले जानकारी दिए ।  
    कोशी नाम खारेजीको आन्दोलनमा एउटा घटकको रुपमा सहभागी हुने र भविश्यमा पार्टी निर्माण हुनसक्ने बताएका छन् । सामाजिक संस्थाहरुले चलाएको आन्दोलनलाई सहयोग गर्दै अवश्यकता अनुसार पार्टी निर्माण हुने डा. लावातीको भनाइ थियो । 
    बाङ्गाई धिमालको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिको मोरङ जिल्ला सचिव जयराज केरुङ, उर्लाबारी नगर संयोजक सम्सेर लिम्बू लगायतले प्रस्न राखेका थिए । कार्यक्रम केदार धिमालले सञ्चालन गरेका थिए । कार्यक्रममा मोर्चाका नेता खगेन्द्र माखिम, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष डीबी कुरुम्बाङ लगायत भेटकाटमा सहभागी थिए । 
     

सम्वन्धित समाचार

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङम…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धि…

हेम गिरी कोलोराडो/संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा सं…

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …