• मोरङको पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो लिम्बूले जंगलमा बाँदरसम्म भोकै मर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका छन् । 
    नगरमा नयाँ पौडी पोखरी उद्घाटन गर्ने क्रममा नगर प्रमुख लिम्बूले वन जंगलमा एउटै प्रजाति सखुवा मात्र भएको कारण जंगली जनावर बाँदरसम्मा सडकमा आएर खानेकुरा पाइन्छ कि भनेर आशाले बाँच्नुपर्ने दिन आएको बताए । 
    वन जंगलमा फरक, फरक प्रजातिको रुख विरुवा हुनुपर्नेमा सखुवा बाहेक अन्य विरुवा मासिदै गएको कारण बाँदरसम्मलाई समस्या पर्दै आएको बताए । 
    बाँदरको साथै बँदेल, मृग र चराहरुलाई समेत खान नपाएर दिनादिनै समस्यामा पर्दै गएको प्रमुख लिम्बूले बताए । 
    एउटै सोमीको रुखमा फल्ने फलले हजारौ, हजार चराहरुको ज्यान बचाउने प्रसंग उल्लेख गर्दै वनमा जामुन, टाँटरी, कुसुम, अंबा, बडहर लगायतको विरुवा रोप्नै पर्ने समय आएको नगर प्रमुख तुम्बापोले बताए । जंगली जनावर र पंक्षीहरुको आहारा हुने गरी विरुवा रोप्न नगरले समेत सहकार्य गर्न तयार रहेको बताए । 
    पथरी बजार पूर्ब मुख्य सडकसँग जोडिएको हरियाली वनमा स्वच्छ, सफा पोखरीमा सस्तो र सुरक्षित रुपमा खेल्न सकिने स्वीमिङ पुलको उद्घाटन भएको छ । 
    हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ, विष्णु ज्ञवाली, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता समितिको सचिव निर्मला क्षेत्रीले सञ्चालन गरेको कार्यक्रम कम्पनीको अध्यक्ष दिलबहादुर तामाङ, पञ्चायत मावि सञ्चालक समितिको अध्यक्ष युवाराज बास्कोटा, छिमेकी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षहरुको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । जनसंख्याको असामन नीतिलाई व्यवहारिक बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।&nb…

मोरङ । लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् ।  पथरीशनिश्चरे …

मोरङ । एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई लगायत उत्कृष्ट नजिता ल्याउने मोरङको पथरीशनिश्चरे—२ …

माओवादी (केन्द्र)का नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले कोशी नाम खारेजीको आन्दोलनमा एक बर्ष …