• मोरङ । अन्डर—१५ प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सुक्रबार इलाम सदरमुकाममा सुरु भएको छ । 
    बुद्धिचाल संघ प्रदेश समितिको आयोजनामा भएको प्रदेश छनौट प्रतियोगितामा जिल्लाबाट जितेर आएका छात्र १४ र छात्रा १४ जना सहभागी भएको आयोजकले जनाएको छ । 
    सुक्रबार भएको तीन राउण्डको खेलमा छात्रा तर्फ खुशी श्रेष्ठ र प्रबिशा दवाडी समान ३ अंकसहित शीर्ष स्थानमा छ । मोरङ जिल्ला प्रथम भएर प्रदेश स्तरीय प्रतियोगिता खेलिरहेको पथरीशनिश्चरे स्थित एभरेष्ट स्कुलकी सेम्रिल राई र जिल्लाबाट दोस्रो भएर गएका पथरीशनिश्चरेकै किर्तिपुर एकेडेमीका समिरा राई समान २÷२ अंकसहित प्रतिष्पर्धामा रहेको कोच पुकार राईले बताए । 
    त्यसैगरी छात्रतर्फको खेलमा अर्पण भट्टराई र महेश दवाडी समान ३÷३ अंकसहित अगाडी रहेका छन् । पाँच राउण्डको खेलमा भोली २ राउण्ड हुने आयोजक समितिले जनाएको छ । प्रदेशबाट ४ छात्रा र ४ छात्रा केन्द्रीय प्रतियोगिता खेल्न छानिने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । पहिचावादी नेता कमल छाराहाङको आज मोरङको पथरीशनिश्चरे—३ थोक्फेला पाङ्बेमा ७१ औ जन्म जयन्ति मन…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको पहिलो चरणमा १० जना कवि छानिएका छन् ।&nb…

मोरङ । मोरङको पथरीशनिश्चरेमा निशुल्क ध्यान तथा योग अभ्यास सुरु भएको छ ।  शरीरलाई स्वास्थ्य, शारीरिक …

मोरङ । मोरङ पथरीशनिश्चरे—१ नंं. वडा कार्यालयले तीन जना छात्रालाई आज साइकल वितरण गरेको छ ।  …