• भूमिप्रसाद पाठक
    मोरङ । मोरङको पथरीशनिश्चरे तेक्वान्दो डोजाङले  लागु औषध विरूद्ध अभियान संचालन गरेको छ ।
    शनिबार डोजाङले से नो टु ड्रग्स भन्ने मुख्य नाराका साथ  लागु औषध दुव्र्यवसनी विरूद्ध अभियान संचालन गरेको हो ।
    पथरीशनिश्चरे डोजाङका प्रमुख कैलाश राईले  अहिलेको समयमा युवा वर्गहरूमा बढ्दै गएको लागू औषध दुव्र्यवसनी विरूद्ध सचेतना फैलाउने उदेश्यले यो अभियान संचालन गरिएको बताए ।
    अभियानमा पथरीशनिश्चरे नगरका विभिन्न विद्यालयहरूमा अध्ययन गरीरहेका  १५० बढि तेक्वान्दो प्रशिक्षार्थील  पथरी बजारका प्लेकार्ड सहित ¥याली गरेका थिए । 
    पथरी बहुमुखी क्याम्पसदेखि निस्किएको ¥यालीले यलम्बर चोक, पथरी बजारको पूर्व पश्चिम राजमार्ग, मन्दिर लाईन, नगरपालिका रोड हुँदै पुनः पथरी बहुमुखी क्याम्पसको सभाहलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । 
    संविधान सभाका सभासद चण्डीप्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पथरीशनिश्चरे तेक्वान्दो दोजाङका जोन सुब्बाको सभापतित्वमा भएको थियो । 
    कुशल तामाङ, आकाश राई, जुनतारा बोर्डिङ्ग स्कूलका चित्रबहादुर गुरुङ लगायतका अतिथिहरूले उपस्थितिको कार्यक्रममा तेक्वान्दो खेलाडीहरूले विभिन्न खेल प्रदर्शनी गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…