• मोरङ । मोरङको पथरीशनिश्चरे वडा नं. १ कार्यालयको आयोजनामा वृक्ष रोपन भएको छ । 
    वन तथा वातावरण संरक्षणमा सघाउ पु¥याउने उदेश्यले वृक्ष रोपन गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । यलम्बर, रत्न चोक, बुद्धचोक र पथरीबहुमुखी क्याम्पसवीचको खालि जग्गामा वृक्ष रोपन भएको हो । 
    वृक्ष रोपन कार्यक्रममा पथरी बहुमुखी क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापकहरु, स्ववियु सभापति केशर राईको नेतृत्वमा विद्यार्थीहरु, सुनाखरी मावि विद्यालय सञ्चालक समिति अध्यक्ष प्रदिपकुमार राई, शान्ति सामुदायिक वन समितिको अध्यक्ष कुलमणी गुरुङ लगायत टोली, बिभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । 
    आप, लिची, मसला, सिरिस लगायत विभिन्न प्रजातिका पाँच सय विरुवा रोपिएको वडा अध्यक्ष भीमकुमार राईले बताए । वडा सदस्यहरु शुरेस कार्की, बसन्ति गुरुङ, वडाका कर्मचारीहरु समेत लागेर आइतबार र सोमबार विरुवा रोपिएको हो । 
    सो खाली जग्गामा यलम्बर पार्क, रत्नहरित बोटानिकल गार्डेन बिभिन्न नामले नगरको आकर्षक पर्यटक स्थल निर्माण गर्नुपर्ने प्रस्तावहरु आइरहेको छ । सो खाली जग्गा नजिकै यलम्बर चोक र रत्न चोक रहेको छ । हरियाली सामुदायिक वनले यलम्बरको विशाल भूर्तिसहित सांस्कृतिक पार्क बनाउने भन्दै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…