• मोरङ । ७० लाख बढी मूल्य पर्ने घरजग्गा बैंकले २७ लाखमा लिलाम बिक्रीको सूचना निकालेको भन्दै नागरिक बचाउ अभियानले व्यनर र झण्डा गाडेर कब्जा गरेको छ । 
    पथरीशनिश्चरे—४ का केशव खतिवडाको घर जग्गा सिटिजन बैंकले लिलाम बिक्रीको लागि सुचना निकालेको जनाइएको छ । घर, जग्गा राखेर २० लाख ऋण निकालेको ब्याजसहित २७ लाखमा लिलाम निकालेको बुझिएको छ । 
    पीडित खतिवडाले नागरिक बचाउ अभियान पथरीशनिश्चरे नगर समितिलाई सहयोगको अनुरोध गर्दै निवेदन दिएका थिए । अभियानको नगर समिति संयोजक तेजेन्द्रराज भण्डारीको नेतृत्वमा सोमबार गएको टोलीले लिलाम भएको घर जग्गामा नेपालको झण्डा र व्यानर राखेर नियन्त्रणमा लिएको हो । यद्यपि अभियान समितिले संरक्षण गरेको जनाएको छ । 
    आर्थिक मन्दीको साथै ९ प्रतिशतमा सम्झौता गरेर व्याज १८ प्रतिशतसम्म पु¥याएको कारण ऋण तिर्न नसकेको खतिवडाको भनाइ छ । लिलामको लागि बैक, ४ नम्बर वडा कार्यालय कतैबाट पनि सूचना नदिएको पीडितको भनाइ छ । 
    नागरिक बचाउन अभियानको संयोजक तेजेन्द्रराज भण्डारीले भने वडा कार्यालयको सेटिङमा ७० लाख मूल्य पर्ने घर, जग्गा २७ लाखमा लिलाम बिक्रीको लागि सिफारिस दिएको आरोप लगाए । अभियानले ऋणीको उपस्थितिमा मात्र लिलामीको सिफारिस दिन वडा अध्यक्ष लोक किरण न्यौपाने लगायत नगर प्रमुख, उपप्रमुख र नगरको १० वटै वडा अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको संयोजक राजभण्डारीको बनाइ छ । 
    वडा कार्यालयले लिलाम गर्न साध सीमाना, घरछिमेकीहरुको उपस्थितिमा सर्जिमिन मुचुल्का उठाउनु पर्नेमा गोप्य रुपमा होटल, रेष्टुरेन्टमा कागज बनाएर सिफारिस गरिएको तेजेन्द्रराज भण्डारीको भनाइ छ । 
    पीडित परिवार र अभियान समितिले ऋण तिर्ने समय बढाउनु पर्ने, घर जग्गा बिक्री भइन्जल पर्खिनुपर्ने वा बजारमा चलेको मूल्यमा बैंक अफै सकारेर बाँकी रकम फिर्ता दिनसक्ने समाधानको उपाय रहेको बताएका छन् । समाधानको बाटोहरु नअपनाइ ७० लाखको घरजग्गा सेटिङमा २७ लाखमा जवरजस्ति गरिए कुनै हालतमा नछाडिने नागरिक बचाउन अभियानको संयोजक तेजेन्द्रराज भण्डारीले चेतावनी दिए । बैंक जसरी बढ्छ आफूहरु त्यसैगरी अघि बढ्ने राजभण्डारीले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…