• मोरङ । माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगरपालिका—२ नंं. वडा समितिको सम्मेलनले थबबहादुर आचार्यको अध्यक्षमा १९ सदस्यीय नयाँ समिति चयन गरेको छ । 
    मंगलबार (आज) भएको सम्मेलनले उपाध्यक्षमा पदम खड्का, सचिवमा भूपेन्द्र खड्का, सहसचिवमा भूमि घिमिरे, कोषाध्यक्षमा खगेन्द्रप्रसाद घिमिरे चयन भएका छन् । 
    सदस्यहरुमा सुनिल लुइटेल, जीवनकुमार अघिकारी, मानबहादुर दर्जी, युवराज मिन्स, डम्बर गजमेर, हरियामा राई, देबिमाया लिम्बू, बिन्दाकुमारी घिमिरे, हेमराज लामिछाने, निर्माला चौहान, बिना बिक र चन्द्रकला आचार्य रहेका छन् । 
    कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा पूर्बेली संगठन सुदृढिकरण अभियानको नगर इन्चार्ज लालबहादुर सुस्लिङ मगरले पार्टी जाग्दै गएको बताएका हुन् । 
    नगरमा लामो समयदेखि पार्टीमा समस्या भएको कारण कार्यकर्ताहरु निस्कृय रहेको र पछिल्लो समयमा पार्टीले गति लिएको बताए । पार्टीले गति लिने क्रममा पुराना कार्यकर्ताहरु सक्रिय भएको र नयाँ प्रवेशको लहर पनि बढदै गएको मगरले बताए । 
    पार्टी नगर समितिले जयमान लिम्बू (जयमान)लाई अभियानको वडा इन्चार्ज बनाएर पठाएको थियो । जयमान लिम्बूको संयोजनामा भएको सम्मेलनमा पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, प्रदेश सल्लाहकार सदस्य शिव तिम्सिना, नगर इन्चार्ज बालकुमार मगर, अध्यक्ष गोबिन्द कटुवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सचिव मान दियाली, प्रेस सेन्टर केन्द्रीय सदस्य मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ज्ञानबहादुर अघिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीको सिद्धान्त हेरेर पार्टी प्रवेश गरेको अधिकारीले बताए । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…