• मोरङ । मोरङ पथरीशनिश्चरे—१ नंं. वडा कार्यालयले तीन जना छात्रालाई आज साइकल वितरण गरेको छ । 
    छोरीबुहारी शिक्षा कार्यक्रम अन्तरर्गत सुनाखरी मावि कक्षा १० मा अध्ययनरत सुमित्रा गुरुङ, ९ मा अध्ययनरत गंगा राई र ५ कक्षामा पढदै आएका झर्ना राईलाई साइकल वितरण गरिएको हो । 
    सुनाखरी माविको सभाहलमा बुधबार साइकल वितरण कार्यक्रमको आयोजना गरि छात्राहरुलाई प्रदान गरिएको हो । 
    वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, शिक्षक अभिावक संघका अध्यक्ष उपेन्द्र मादेन लिम्बू, वडा सदस्यहरु बसन्ति गुरुङ, आरती बिक लगायतको उपस्थिति रहेको थियो । 
    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक नरेन्द्र घिसिङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा शिक्षिका भूमिका मगरले सञ्चालन गर्नुभएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…