• मोरङ । मोरङको पथरीशनिश्चरेमा निशुल्क ध्यान तथा योग अभ्यास सुरु भएको छ । 
    शरीरलाई स्वास्थ्य, शारीरिक स्फुर्ति राख्न, मानसिक समस्या समाधान गर्न र बिभिन्न रोगको उपचार गर्न ध्यान तथा योग अभ्यास जरुरी छ । पथरी उद्योग वाणिज्य संघ पथरी र नर्वदेश्वर मन्दिर समितिको आयोजनामा निशुल्क उर्जाध्यान शिविर सुरु भएको हो । 
    ध्यान तथा योग गराउदै आएको संस्था जीवन विज्ञान प्रदेश समितिको प्राविधिक सहयोगमा सोमबारबाट शिविर भइरहेको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले बताए । 
    नर्वदेश्वर मन्दिरमा बिहान साढे ४ बजेदेखि ६ बजेसम्म दैनिक डेढ घण्टा निशुल्क ध्यान तथा योग अभ्यस भइरहेको अध्यक्ष बस्नेतले बताएका छन् । १० औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा सुरु भएको शिविरमा दैनिक ८० बढी सहभागी रहेका छन् । 
    सुख, शान्ति, समृद्धिको लागि गरिने योग तथा ध्यान विपना मिश्र र चन्द्र गुरागाईले गराउदै आएका छन् । बिभिन्न धुनहरु लगाएर शारीरिक अभ्यास, प्राणायम तथा मानसिक अभ्यास गराउदै आएका छन् । 
    योग तथा ध्यान अध्यसले महिलाको पाठेघर, मधुमेह, व्लड प्रेसर, पिनास तथा मानसिक रोग लगायतको उपचार हुने बताइएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङम…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धि…

हेम गिरी कोलोराडो/संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा सं…

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …