• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको कविता लेखन प्रतियोगिताको पहिलो चरणमा १० जना कवि छानिएका छन् । 
    आज .(शनिवारं) साल्पा होटलमा भएको पहिलो छनौट प्रतियोगितामा लोकसागर साम्बा (पश नपा २)ं, मञ्ञ्जरी घिमिरे .(वडा नं. १०)ं, लाजिमा सुन्दास .(सिंहबाहिनी माविं), पवित्रा खनाल .(सिंहबाहिनी माविं), प्रसुना तिम्सिना (रेडस्टार बोर्डिङ स्कुल)ं, उमा आचार्य .(पथरी बहुमुखी क्याम्पसं), प्रेमकला घिमिरे (पश नपा—१०ं), दिपिका अधिकारी .(पश नपा १.ं), दुर्र्गाप्रसाद तिम्सिना .(पश नपा २)ं र कृष्णप्रसाद अधिकारी (पश नपा ३ं) रहेका छन् । 
    प्रतियोगितामा पथरीशनिश्चरे नगरका २४ जना कवि तथा कवियत्रीहरुहररु सहभागी भएका थिए । पथरीशनिश्चरेको कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईको सभापतित्वमा भएको प्रतियोगितामा निर्णायकहरु बिन्दु दाहाल (मुक दर्शकं), किशोर कोइराला र भूपेन्द्र तिम्सिना निर्णायक रहेका थिए । प्रतियोगिता ३ चरणमा गरिने र फाइनल प्रतियोगिता असार १५ गते रेडस्टार बोर्डिङ स्कुलमा गरिने बताएका छन् । प्रतियोगिताको दोस्रो चरणमा यसैगरी कविता वाचन र अन्तिम चरणमा लाइव लेखन तथा वाचन गराइने कार्यक्रम रहेको बताइएको छ । 
    प्रतियोगितामा प्रथम दोस्रो, तेस्रो र सात्वनाहुनेलाई क्रमस नगद १५, १०, ५ र २ हजार नगद, प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले घोषणा गरेको छ । 
    पूर्ब पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक साहित्यकार लक्ष्मीप्रसाद फुयालले स्वागत गरेका थिए । प्रतियोगी कविताहरुको वीचवीचमा स्थापित श्रष्टाहरु कोषराज श्रेष्ठ, सुरेन्द्र महते, देविप्रसाद घिमिरे, राजेन्द्र भट्टराई, इन्दिरा गौतम, ओमप्रसाश शर्मा, बलभद्र आचार्यले अप्रतियोगी कविता वाचन गरेका थिए । 
    त्यसैगरी चन्द्रप्रसाद खनाल, विवेक कार्की, पवित्रा खनाल लगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा नाटक निर्देशक जीवन बराल टेली सिरियल उत्पादक तथा निर्देशक हरेन्द्र खत्री लगायतका श्रष्टाहरु उपस्थित रहेका थिए । 
    प्रतियोगितामा आएका कविताहरु भने स्थानीय परिवेशभन्दा राष्ट्रप्रतिको चिन्दा, महिला विभेद, पीडामा बढी केन्द्रित बढी आएका छन् । नेपालमा यतिवेला राष्ट्रप्रतिको चिन्दा भन्दा स्थानीय परिवेश, उत्पादन, सांस्कृतिक अन्तरघुलनको बढी आवश्यकता देखिन्छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…