• बेलबारी । स्थानीय स्तरमै तालिम र गोष्ठी गर्ने प्रशस्त भवन र हलहरु हँुदाहुँदै बेलबारी नगरपालिकाले तालिम र गोष्ठीका नाममा जनप्रतिनिधिहरुलाई धनकुटाको भेडेटार पुर्याएर लाखौको रकम स्वाहा बनाएको छ ।
    नगरपालिकाको आयोजनामा धनकुटाको भेडेटारमा आईतबार र सोमबार २ दिने “जीवन रुपान्तरण कार्यशाला” आयोजना गरी नगरको काम समेत प्रभावित हुने गरी नगरका मेयर ज्ञानेन्द्र सुवेदी उपमेयर ढाकाकुमारी पराजुली १० वटा वडाका वडाअध्यक्ष र वडासदस्यहरु सबैलाई भेडेटार पुर्याएर लाखौको अनाबश्यक खर्च गरेको छ । कार्यशालामा सहभागीहरुलाई ३ वटा होटलहरु नै बुक गरेर राखिएको थियो । स्थानीय स्तरमा आयोजना गर्न सकिने सो कार्यशाला भेडेटारमा लगेर गरिनुलाई धेरै नगरबासीहरुले निको मानेका छैनन ।
    कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष धनपति गौतम,बेलबारी वडा नम्बर १ का सदस्य रसिन लामा तालिममा सहभागी भएका छैनन । वडा नम्बर १० का वडाअध्यक्ष गंगा याख्खा,वडा नम्बर ४ का वडाअध्यक्ष रामकुमार राई,वडा नम्बर ३ का सदस्य ऐश्वर्यप्रसाद आचार्य पनि दोस्रो दिनको कार्यशालामा सहभागी नभई फर्किएका छन । सबै जनप्रतिनिधिहरुलाई दैनिक भत्ताको समेत ब्यबस्था गरिएको थियो । कार्यक्रमका लागी बेलबारीमा बेतना सिमसारको हल,तमु बौद्ध गुम्बा,मदन आश्रित पुष्परत्न साँस्कृतिक भवन,जिल्ला बचत तथा ऋण सहकारी संघको हल लगायत आधादर्जन बढी हलहरु भएपनि नगरको लाखौ खर्च गरेर जनप्रतिनिधिहरुलाई भेडेटार पुर्याईएको थियो ।
    धेरै नगरबासीहरुले आशा गरेका थिए,स्थानीय निकायमा जनप्रतिनिधिहरु आएपछि नगरको समग्र बिकास हुनेछ तर बेलबारी नगरपालिकाले जनताको आशा भन्दा पनि लाखौ बजेट जनप्रतिनिधिहरुलाई भेडेटारमा पुर्याएर स्वाहा बनाएको छ । तालिम,गोष्ठी,कार्यशाला आयोजना गरिनु राम्रो कुरा हो तरपनि यसरी स्थानीय स्रोत साधनलाई नै बेवास्ता गरी लाखौ बजेट स्वाहा बनाएर अर्कै जिल्लामा कार्यक्रम आयोजना गरिनु पक्कै पनि राम्रो नभएको स्थानीयको बुझाई छ ।












सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…