• मोरङ । जनसंख्याको असामन नीतिलाई व्यवहारिक बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । 
    ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विराटनगरमा आइतबार आयोजना गरिएको जनसङ्ख्या नीति २०८१ मस्यौदा, जनसंख्या व्यवस्थापन र लैंगिक हिंसा सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै सहभागि भएका सरोकारवालहरुले यस्तो बताएका हुन् । 

    कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग कोशीका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले नयाँ बन्ने जनसङ्ख्या नीति व्यवहारीक बनाउनुपर्ने बताए । राज्यले बनाउने नीति बसाइसराई रोक्ने खालको बनाउनुपर्ने उनले सुझाब दिए । ‘अहिले पहाडी क्षेत्रबाट तराइको जिल्लाहरुमा बसाइसराइ आउनेको संख्या वृद्धी भइरहेको छ,’ उनले भने, ‘बसाइ सराइ रोक्न राज्यले अब नीति बनाउनुपर्छ । अहिले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा तराईमा छ । पहाड र हिमाल खाली हुने क्रममा छ । त्यसैले अब कसरी हुन्छ पहाडमा बस्ती बसाउनु, त्यहाँको जनसङ्ख्यालाई त्यतै बस्न सक्ने वातावरण सृजना गर्ने नीति बनाउने समय आएको छ । जसरी हिजो पहाडबाट तराईमा पुनर्वास हुन चाहनेलाई निःशुल्क जग्गा सरकारले उपलब्ध गराएर मानिसलाई आकर्षण गरेको थियो । त्यसैगरी आज पहाडमा केही न केही सहुलियत दिएर मानिसलाई आकर्षण गर्नुपर्ने समय आएको छ ।’
    कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय कोशी प्रदेशका सचिव केदारनाथ शर्माले जनसङ्ख्या नीतिलाई समय सापेक्ष बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका सहसचिब विनोद बहादुर कुँवरले अहिले आउन लागेको जनसंङ्ख्या नीति तीन तहको सरकारलाई समावेश हुने गरी ल्याउन लागेको बताए । सरकारले ल्याउने नीति प्रभावकारी कार्यन्वयनको लागि कोशी प्रदेशबाट सरोकारवालहरुसँग छलफल सुरु गरिएको उनले बताए । ‘यो छलफल र राय सुझाब सातै प्रदेशमा हुनेछ,’ उनले भने, ‘त्यसपछि नीति निमार्ण भएर कार्यन्वयनमा लैजानेछौं ।’
    कार्यक्रममा जनप्रतिनधी, स्वास्थ्य क्षेत्रका चिकित्सक तथा कर्मचारी र सरोकारवालाहरुको सहभागि रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन …

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएक…

मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवाल…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्…