• हेम गिरी

    कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ ९ औ किराँत राष्ट्रिय अधिवेशन आयोजना हुने भएको छ । त्रिदिवसीय कार्यक्रमको बिच आयोजना हुने अधिवेशनमा अमेरिकाको ३६ वटा राज्यहरूबाट किराँत धर्मावलम्बी र किराँतसँग सम्बन्धित सँघ संस्थाहरूको प्रतिनिधीहरूको सहभागीता रहने आयोजक समितिका मणि राईले जानकारी दिएका छन् ।
          किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले आयोजना गरेको कार्यक्रमको किराँत कल्चरल सोसाइटी अफ कोलोराडोले कार्यक्रम व्यस्थापनको लागि सहयोग गरेको छ । पहिलो चोटि कोलोराडोमा आयोजना हुन लागेको यस अधिवेशनमा करिब ५०० जनाको सहभागीता रहने अनुमान गरिएको छ । त्रिदिवसीय कार्यक्रमको पहिलो दिन वार्षिक सम्मेलन २०२४  साथै माङसेवासाबा/मा समितीको सम्मेलन हुने छ । त्यसै गरि दोस्रो दिन वर्षीक खिबेक्वा याक्वा सेवा २०२४ उभौली सेवा हुने अनि त्यसै दिन विभिन्न राज्यहरूबाट आएका धर्मावलम्बीहरूबाट संस्कार संस्कृत झल्काउने भेष-भुषा अनि अन्य विषय वस्तुहरूको प्रर्दशनी हुने छ र तेस्रो दिन वार्षिक संस्कृति कार्यक्रम साथै विभिन्न राज्यहरूबाट आएका कलाकार माझ नृत्य प्रतियोगिता साथै किराँत विधार्थीहरूलाई सम्मान गरिने कार्यक्रम रहेको आयोजक समितिले बताएको छ । यी सबै कार्य्रक्रम कोलोराडोको डेन्भर शहरमै हुने छ । किराँत कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिका विदेशमा रहेर आफ्नो भाषा, भेषभूषा, पहिचान र अस्तित्व संरक्षणमा लागि परिरहेको एक संस्था हो । विदेशमा रहेर आफ्नो धर्म, शास्त्र, परम्परा र दर्शन जोगाउन लागि परिरहेका विभिन्न धार्मिक संस्थाहरू मध्ये किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका पनि एक विशेष संस्था हो ।  यस अघिका किराँत राष्ट्रिय अधिवेशनको कार्यक्रमहरू अमेरिकाको  टेक्सेस, ओहायोको ३ वटा शहरहरूमा, जर्जिया, केन्टुकी, यूउटा अनि टेनेसी राज्यहरुमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …