• कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएका छन् । 
    एनआरएनए दक्षिण कोरियाको महाधिवेशन आगामी जुलाइ २९–३० तारिखमा हुँदैछ । आगामी दुई बर्षको नेतृत्व लिन अध्यक्षको लागि संजिवकुमार राईले उमेद्वारी घोषणा गरेका छन् । राई एनआरएनए दक्षिण कोरियाको यस अघि सर्वाधिक मत ल्याएर बरिष्ठ उपाध्यक्ष भएका व्यक्ति हुन् ।
    संजिवकुमार राईले अध्यक्षको उमेद्वार घोषणासँगै एनआरएनएलाई व्यबहारमा मजदुर मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले यस अघिका पदाधिकारीहरुले मजदुर र विद्यार्थीहरुलाई प्रयोग गर्दै आफू अघि बढ्ने भ¥याङ मात्र बनाएको भन्दै आफू त्यसो नगर्ने बताएका छन् । 
    आर्थिक, नैतिक र सामाजिक विवादमा नपरेका  पारदर्शी उमेद्वार संजिवकुमार राईको बिकल्प नभएको बताउछन आशिष शाहा । 
    टेष्ट फेल भइसकेका अन्य प्रतिष्पर्धी भन्दा मजदुर र विद्यार्थी माझ काम गर्न रुचाउने संजिवकुमार राईलाई साझा उम्मेदवार बनाउनु पर्ने युवराज गौतमको भनाइ छ । उनले राईलाई भोट दिन सबैलाई अनुरोध गरेका छन । 
    कोरियाको श्रमिक वर्गका लागि संजिवकुमार राई नेपाल काठमाडौंको नगर प्रमुख बालेन साहा र धरानको मेयर हर्क साम्पाङ झैं काम गर्न सक्ने उमेद्वारको रुपमा ब्याख्या गर्छन । 
    साइन्स एण्ड टेक्नोलोजिमा मास्टर गरेका राई नीति निर्माण र कार्यान्वयनमा उतिकै क्षमता राख्दछन् । कोरियामा उनकै पहलमा दुतावासको घुम्ति सेवा सुरु भएको थियो । सरल, सहज, स्पष्ट अनि मिलनसार स्वभावका राई कोरियामा रहेका नेपालीहरुका लागि जहाँ समस्या त्यहा संजिवकुमार राई भनेजस्तै भएको युवराज गौतमको भनाइ छ । 
    आफु कोरियामा रहेका मजदुरको काम गर्दै आएको एक मजदुर भएकैले यस पटक एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा जितेर काम गर्ने इन्छा रहेको संजिवकुमार राईको भनाइ छ । 
    टिममा ४० बर्ष मुनिका युवा, कुनै न कुनै विषयमा विज्ञता हाँसिल गरेका, समाज परिवर्तनको निम्ति धेरै काम गरिसकेको अनुभवि भएको कारण यो टिमले बिजय गरे काम गर्न सकिनेमा आफू विस्वास्त रहेको संजिवकुमार राईको भनाइ छ । एनआरएनए दक्षिण कोरियाको लागि संजिव राईसँगै बुद्धि गुरुङ र बिपिनकुमार गुरुङ्ग गरी तीन जनाको प्रतिष्पर्धा हुने भएको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …

हाल भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुर…