मोरङ जिल्ला पथरी बजार घुमाउला तिमिलाई
भुल्केको दर्शन गरौउनसँगै लैजाउला कान्छिलाई
मोरङ पथरी हो, मोरङ पथरी हो.
पहिलो भेटमै मन प¥यो उधुम भनौ म कसरी ?
पथरी बजारको प्रसंशा गर्दै विश्वशान्त राई र पवित्रा गुरुङले गाएको चर्चित यो गीत जस्तै सुन्दर छ पथरीशनिशचरे । सुन्दर दृष्टिकोण हो । विचार र भावना हो । बहिरी पर्यटकका लागि घुम्न लाएक होस, नहोस आफू बसेको स्थान सबैलाई प्यारो लाग्छ । दीर्घकालीन वृस्तित योजना निर्माण गर्न सके यो गीतले आकर्षण गरेभन्दा अझ राम्रो बन्न सक्छ । आफू बसेको स्थान, आफ्नो संस्कृति प्यारो र राम्रो लाग्छ । यही भावको मिठो यो गीत पथरीले मन पराएको छ । युट्युवमा सर्च गरेर सुन्न र हेर्न सकिन्छ पथरीको यो सिर्जना ।
कला, संस्कृति, गीत, संगीत विनाको समाज कानपुच्छर बिनको गोरु झै हुन्छ । मानिसले जीवन यापनलाई सहज बनाउन सिर्जना गरेका वस्तु तथा व्रिmयाकलाप हो संस्कृति । खानपान, बासस्थान, पोषाक वस्तुहरु, उत्पादन, प्रशोधनसँग सम्बिन्धित हुन्छ । भाषा, लिपी, कला, मनोरञ्जन, जीवन यापन गर्ने शैली हो संस्कृति । पथरीशनिश्चरेको भूगोलमा २०२८÷०३० तिरदेखि बसाइँ सर्दै अलिक बाक्लो बसोबास गर्न थालेको पाइन्छ । विकासका पूर्वाधार निर्माण र सहज बन्दै जाँदा नगरबासीले जीवन जीउन बिभिन्न प्रकारको संस्कारहरु अपनाउदै आएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार पथरीशनिश्चरे नगरपालिकामा ७२ हजार ४५१ जनसंख्या रहेको छ । ७४ जातजाति, ४८ भाषा बोल्ने मानिसहरु बस्दछन् । हिन्दु, बौद्ध, किरात, इसाई, प्रकृति पुजक, इस्लाम, बोन र जैन धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ ।
यहाँ जीउने कला र मनोरञ्जन गर्ने तरिकाहरु विविध छन् । सांस्कृतिक विविधताले भरिएको छ पथरीशनिश्चरे नगरपालिका । फरक फरक सांस्कृति मान्ने जातजातिहरु बस्दछन् । नगरमा मान्ने केही प्रमुख चाड र संस्कृति यस प्रकार छन् ।
सिरजात÷जातिरी
पथरीशनिश्चरे नगरपालिकाको प्रथम जाति धिमाल हो । पथरीशनिश्चरे नगरले २०७५ असार २९ प्रथम जाति घोषणा गरेर यो कुरालाई पुष्टि गरेको छ । सिरजात यही धिमाल समुदायको प्रमुख चाड हो । जातिरी चाडको बेला महाराज थानहरुमा भेला भएर प्रकृति पूजा गर्छन । हाक्तिको घोडाको मूर्तिलाई पुज्छन् । बाहिर छुट्टै स्थानमा शिकार लेल्नको लागि मचान राखिएको हुन्छ । मचानमा धनुष काड लगायतका हतियारहरु राखिएको हुन्छ । मचानले शिकार युगको झल्को दिन्छ ।
पथरीशनिश्चरे नगरमा धिमाल जातिको १३ वटा गाउँटोलहरु छन् । हरेक गाउँटोलमा भएको महाराज थानमा पूजा हुन्छ । प्रकृतिलाई खुसी राखिए खेति सप्रिने, बालबालिकलाई रोग नलाग्ने बिश्वास गर्दछन् । हरेक बर्ष वैशाख २ गते मोरङको लेटाङबाट सुरु भएर असार २ गते धिमाल जातीय विकास केन्द्रको संघीय कार्यालय उर्लाबारी—६ मंगलबारेमा समापन गर्दछन् । सिरजातमा धिमालहरु लहरमालहर मिलाएर ढोल बजाउने प्रतिष्पर्धा गर्दछन् । आफन्तजनसँग भेटघाट गर्ने मिठो मसिनो खाने रमाइलो गर्ने चलन छ । युवा युवतिहरुवीच भेटघाट गर्ने अन्तरघुलन हुनुको साथै कतिपय प्रेम सम्बन्ध र विवाहसम्म गर्दछन् ।
साकेला के हो ?
साकेला किरात राई समुदायको मुख्य चाड हो । पथरीशनिश्चरे नगरमा मनाउने चाडहरु मध्ये साकेला पनि एक हो ।
किरात राई यायोक्खाको आयोजनामा पथरीशनिश्चरे १, ४, १० लगायतका वडाहरुमा स्थापित साकेला थानमा वैशाखमा उभौली र मंसिरमा उद्यौली चाड मनाउने गर्दछन् । राई जातिमा पूर्खा र प्रकृति पुज्ने चलन छ । तीन चुलोलाई पितृको रुपमा पुज्दछन् । मृतकको आत्मा चुलोमा बास भयो भने राम्रो हुन्छ भन्ने मान्दछन् । पात्रोको प्रचालन सुरुहुनु अघिदेखि नै राई जातिले उद्यौली र उभौली गरेर वर्षलाई दुई ऋतु मान्दै आएको पाइन्छ ।
गर्मीले भूमि, प्रकृतिक वातावरण तातियो । माछा, चराचुरुङ्गीहरु(काराङकुरुङ) गर्मी छल्न उभो लेकतिर लाग्नथाल्यो । यसैबेला खेतिको याम सुरुहुन्छ । समयमा वर्षात होस । बालि सप्रिउन भन्ने कामनासहित सकेला पूजा गर्दै उभौली मान्दछन् । हिउँदमा चिसो (ठन्डी) मौसम सुरु हुँदा वातारण चिसिन्दै गयो । बेसितिर पूर्खाहरु झर्थे । बालि उठाएर पूर्खालाई चढाउन मंसिर पूर्णिमामा उद्यौली चाड मान्छन् ।
उद्यौली, उभौलीमा बालबालिका, युवायुवतिदेखि वृद्ध वृद्धासम्म ढोल झ्याम्टाको तालमा गीत गाउँदै साकेला नाच्छन्् । उभौली साकेला हरेक वर्षको वैशाख शुक्ल पूर्णिमाबाट सुरु भएर १५ दिनसम्म राई वस्तिहरुमा धुमधाम साथ मनाउने गर्दछन् । मंसिर शुक्ल पूर्णिमामा उद्यौली मनाउद छन् । उद्यौली, उभौलीमा नाचिने अभिनयलाई सिली भनिन्छ । साकेला नाच्दा खोरिया फाडेको, बालि लगाएको, छरेको, रोपेको, गोडेको, उठाएको अभिनय गरिन्छ । सिलीले घुमन्तेबाट कृषि युगमा प्रवेश गरेको झल्को दिन्छ ।
चासोक तङ्नाम
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ भनेको उत्सव भन्ने अर्थ लाग्दछ । त्यसैले चासोक न्वागी पूजासँग सम्बन्धित छ । हरेक वर्षको मंसिर पूणर््िामाबाट सुरुहुने उद्यौली चासोक लिम्बू समुदायले मदाउद छन् ।
पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रमा भेला भएर सांस्कृतिक कार्यक्रमको साथै परम्परागत खेल प्रतियोगितासहित तीन दिनसम्म चासोक मनाउने गर्दछ ।
किरात याक्थुङ चुम्लुङ नगर समितिको आयोजनामा नयाँ बालि आदिम पूर्खा तागेरा निङ्वा युमालाई चढाएर खाने चलन छ । धान नाच, ख्याली तथा हाक्पारे गीतहरु गाएर मनोरञ्जनको साथ मनाउने गर्दछन् । किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा नगरमा रहेको बिभिन्न माङ्हिमहरुमा पूजापाठ गरेर उभौली, उद्यौली मनाउने गर्दछन् ।
ल्होसार
तामाङ भाषामा ल्हो को अर्थ वर्ष र सार÷छार भनेको नयाँ भन्ने हुन्छ । तामाङ समुदायले पथरीशनिश्चरेमा माघ शुक्ल प्रतिप्रदादेखि १५ दिनसम्म उल्लासमय वातावरणमा ल्होसार मनाउदछन् ।
गुरुङ समुदायले पौष र शेर्पाहरुले फागुन शुक्ल प्रतिप्रदाका दिनबाट ल्होसार मनाउने गर्दछन् । गुरुङहरु १५ गते तमु बौद्ध गुम्बाहरुमा गएर वाङ (आशिर्वाद) लिने गर्दछन् । तामाङ घेदुङ र तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा आ—आफ्नो गुम्बामा ल्होसार मनाउद छन् । तामाङ, गुरुङको साथै शेर्पा समुदायले ल्होसार मनाउद छन् । तामाङले सोनाम, गुरुङले तमु र शेर्पाले ग्याल्पो ल्होसार भन्ने गर्दछन् ।
माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति विशेष गरेर मगर जातिले मान्दछन् । सङ्क्रान्तिको विहान धारा, खोलामा गई नुहाएर पितृहरुको नाममा पूजा गर्ने चलन छ मगरहरुमा ।
पथरीशनिश्चरे—१ पथरी बजार पूर्ब मुख्य उत्तरमा मगर बौद्ध गुम्बा रहेको छ । वडा नं. ३ र १० मा रहेको मगर गुम्बाहरुमा भेला भएर पूजा गर्दछन्े । हुर्रा नाच लगायतका मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी चाड मनाउने गर्दछन् । सङ्क्रान्ति नेपालमा अन्य जातिहरुले पनि मनाउने गर्दछन् ।
दर्शै, तिहार
पथरीशनिश्चरे नगरको हरेक सहर, गाउँटोलमा दशैँ, तिहार मनाइन्छ । बर्षको असोज शुक्ल पक्षको सप्तमीदेखि दशमीसम्म मनाइन्छ । शक्तिकी देवीहरुको पूजा आराधना हुन्छ । नगरको हरेक मन्दिरहरुमा पूजा गर्दै दुर्गा भवानीको प्रसाद स्वरूप टीका जमरा लगाउने चलन छ ।
तिहार कार्तिक कृष्ण औंसीका दिनदेखि तीन दिनसम्म मनाइन्छ । गाईलाई लक्ष्मीको रुपमा पूजा गर्दछन् । चेलीले दाजु÷भाईलाई पूजा गर्ने, टीका माला लगाइदिने उपहार दिने चलन छ । यो चाडमा दियो, वत्ति र फूलमाला बढी प्रयोग हुन्छ । पथरीशनिश्चरेमा देउसी खेल्ने चलन छ ।
भुजेलको भूमे, क्रिसमस र इद
भूजेल समुदायले मंसिरे पूर्णिमा उधौली र वैशाखमा उभौली दुवैमा प्रकृतिको पुजा गरेर चाड मनाउद छन् । उभौली, उधौली गर्न पथरीशनिश्चरे—१ को भुल्के सिमसार नजिकै भुमेथान रहेको छ । त्यहाँ गएर प्रकृतिको पूजा गर्दछन् ।
इस्लाम धर्मावलम्बीहरूकोे चाड इद हो । स्लाम धर्म मान्ने मानिसहरुले इदलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । पथरीशनिश्चरे—५ को डाँडाटोल र खर्साङ टोलमा रहेको २ वटा मस्जिदहरुमा जम्मा भएर इद मनाउद छन् ।
इसाई धर्म मान्ने समुदायले हरेक बर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउछन् । पथरीशनिश्चरेको बिभिन्न वडामा रहेको २७ बढी चर्चहरुमा क्रसमस चाडकै रुपमा मनाउद छन् ।
माघी
माघी थारू जातिले मनाउने चाड हो । माघ १ गते थारू संवत्को नयाँ वर्ष सुरु हुन्छ । पुस मसान्तबाट सुरु गरेर तीन दिन चाड मनाउछन् । माघीमा आफन्तजनसँग भेटेर अग्रजहरुबाट आशीर्वाद लिने सरसफाइ गर्ने राम्रो लुगा लगाउने मिठो खानपिन खाने चलन छ । पथरीशनिश्चरेको बिभिन्न वडामा रहेको थारु महाराज थानहरुमा माघी र महिलाहरुले जितिया मनाइन्छ । पथरीशनिश्चरेको ६, ८, १० नं. वडामा रहेको थारु महाराज थानहरुमा गएर माघी लगायतका चाड मनाउद छन् ।
गाईजात्रा
पथरीशनिश्चरे नगरमा नेवार जातिले गाईजात्रा मनाउने गर्दछन् । यो जात्राले परम्परागत धार्मिक र सांस्कृतिक विशेषता बोकेको हुन्छ । नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । ‘सा’ भनेको गाई र ‘पारु’को अर्थ प्रतिप्रदा तिथि हुन्छ ।
वर्षमा ज्यान गुमाएका परिवारले आफन्तको नाममा गाईजात्रा निकाल्ले चलन छ । पथरीशनिश्चरेमा भने गाईको साटो पुत्लोंमा मृत्यु भएको मानिसको फोटो राखेर निकाल्ने चलन छ । मरेको मानिसको आत्माको शान्ति, परिवारले दुःख, पीडा भुलुन भन्ने उदेश्यले गाईजात्रा निकाल्ने चलन सुरु भएको मानिन्छ ।
यले सांस्कृतिक तङ्नाम
पथरीशनिश्चरे नगरमा किराती समुदायले यले संवत्को नयाँ वर्षलाई तीन दिनसम्म मनाउछन् ।
नेपालमा प्रचलनमा रहेका मध्ये येले संवत् एक हो । माघ महिनाको पहिलो दिनलाई नयाँ वर्ष आरम्भको रूपमा मानिन्छ । यो संवत् किरात हाङ यलम्बर स्मारकको रुपमा स्थापित भएको हो । यो संवत् वि.स.भन्दा ३००४ वर्ष र इ.स.भन्दा ३०६० वर्ष पुरानो संवत् हो । इ.सं २०२४ हुँदा यले संवत् ५०८४ चल्छ । यले संवत्लाई नेपाल सरकारले २०७२ सालमा किरात सवत् भनि सूचिकृत गरेको छ ।
पथरीशनिश्चरे—३ को यले स्तम्भ चोकमा यले नयाँ वर्ष मनाउने चलन छ । अन्य स्थानमा माघ १ गते मनाइएपनि पथरीशनिश्चरे—३ मा १३ गतेदेखि तीन दिनसम्म सांस्कृतिक महोत्सवकै रुपमा चाड बनाइन्छ । यस स्थालमा २०५४ सालमा राजकुमार पालुङ्वाको नेतृत्वमा यले सांस्कृतिक कार्यक्रम मनाउन थालिएको हो । यहाँ १५ फिटभन्दा अग्लो काठ र शिलाको दुई वटा यले स्तम्भ राखिएको छ ।
पथरीशनिश्चरेमा राजवंशी जतिको सिरुवा, सन्थालको सोहराई, हिन्दु महिलाको तीज, थारु महिलाको जितीया र होली मनाउने मनाउने चलन छ । याक्खा महिलाहरुको डोकेनी नाच पर्दशन र छठ तथा विश्