• मोरङ ।  मोरङको उर्लाबारीमा सोमबार साँझ टिप्परको ठक्करबाट उर्लाबारी वडा नम्बर ६ की सीता बोहोराको घटनास्थलमै मृत्यु भएको छ ।
    टिपर मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०–०१४ प ६८३३ नम्बरको स्कुटरलाई उर्लाबारी वडा नम्बर ६ स्थित सिसौली चोकमा ठक्कर दिदा स्कुटरमा सवार  २८ वर्षीय बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।
    स्कुटरमा सवार बोहोराको छोराको टाउकोमा चोट देखिएपछि लागि विराटनगर न्युरो अस्पतालमा लगिएको छ ।
    घट्नापछि आक्रोसित स्थानीयहरुले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा  घेराउ गरिरहेका थिए । आन्दोलनरत समूहले पुर्वपश्चिम मुख्य सडकसमेत बन्द गराएका थिए । ठक्कर दिएर फरार टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको उर्लाबारी प्रहरीले जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ जिल्ला पथरी बजार घुमाउला तिमिलाई भुल्केको दर्शन गरौउनसँगै लैजाउला कान्छिलाई मोरङ पथरी हो, मोरङ प…

मोरङ । जनसंख्याको असामन नीतिलाई व्यवहारिक बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।&nb…

मोरङ । लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् ।  पथरीशनिश्चरे …

मोरङ । एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई लगायत उत्कृष्ट नजिता ल्याउने मोरङको पथरीशनिश्चरे—२ …