• उर्लाबारी।

    मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निशुल्क बाख्रा र सुँगुरको पाठा पाठी वितरण गरेको छ । आयआर्जन तथा जीविकोपार्जनका लागि १९ घरलाई सँगुरको पाठापाठी र १३ घरलाई बाख्राको पाठी बितरण गरेको हो। विपन्न परिवारलाई सुँगुर तथा बाख्राका पाठापाठी बितरण आज एक कार्यक्रमका विच उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले पाठापाठी हस्तान्तरण गर्नुभएको हो ।

    पाठापाठीबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष मोक्तानले बाख्रापालन तथा सुँगुर पालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नुभयो । आर्थिक अवस्था सुधार्न निर्वाहमुखीभन्दा पनि व्यावसायिक कृषि गराउने सोचका साथ सुंगुरको र बाख्राको पाठापाठी वितरण गरिएको वडाध्यक्ष मोक्तानको भनाइ छ । यसले विपन्नको आयआर्जनमा टेवा पुग्ने उहाँको विश्वास छ ।

    कार्यक्रममा किसानको तर्फबाट बोल्दै सुमि मुर्मुले बाख्राको पाठीसँगै उन्नत जातको बाख्रापालन तथा सुँगुर पालन सम्बन्धी तालिम पनि दिन आग्रह गर्नुभयो । उहाँले कृषकको हितमा काम गर्ने वडा नम्बर ९ उर्लाबारीकै उत्कृष्ट वडा रहेको दाबी गर्नुभयो। निःशुल्करूपमा उन्नत जातका बाख्रा तथा सुँगुर पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुशी भएको वडा सदस्य गणेश किम्दाङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ वडामा भएका विपन्न परिवारलाई बाख्रालगायत अन्य पशु किन्नसमेत मुस्किल थियो,वडाको सहयोगमा बाख्रा तथा सुँगुर पाएपछि खुशी भएका छन।” पशुपन्छी सेवा शाखा उर्लाबारीको सहजिकरणमा भएको हस्तान्तरण कार्यक्रममा वडा सदस्य गणेश किम्दाङ राई, प्रकाश कन्दङ्वा लिम्बू, बिमला पोमु, पशु सेवा शाखा उर्लाबारीका प्रमुख बद्री भट्टराई, अधिकृत बिष्णु प्रसाद भट्टराई,वडा नम्बर ८÷९ का पशु प्राविधिक टंकप्रसाद भट्ट लगायतको आथित्यता रहेको थियो। २ लाख ५० हजार खर्चमा बाख्रा तथा सुँगुरको पाठापाठी बितरण कार्यक्रम सम्पन्न गरिएको वडा सदस्य बिमला पोमुले बताउनुभयो।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…