• मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरपालिकाले भूपेन्द्र तिम्सिनालाई अग्रज पत्रकारको रुपमा सम्मान गरेको छ । 
    नगरपालिकाले बिहिबार पत्रकार सम्मान तथा पुरस्कार र लेखन वृत्ति वितरण कार्यक्रम आयोजना गरेर तिम्सिनालाई सम्मान गरेको हो । तिम्सिनालाई नगर प्रमुख मोहन तुम्बापोको हातबाट नगद २५ हजार, मुहारचित्र .(पेन्टिङ) र सम्मान पत्रले प्रदान गरिएको थियो । 
    नगर क्षेत्रबाट पत्रकार मोहन भट्टराईद्वारा सञ्चालित पहिलो अनलाइनलाई नगद २५ हजार, प्रशंसा पत्र, सञ्चार क्षेत्रबाट नगरलाई सहयोग पु¥याउदै आएका पत्रकार भूमिप्रसाद पाठकलाई नगद १५ हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गरिएको थियो । 
    भूपेन्द्र तिम्सिना पथरीशनिश्चरे—१० का स्थायी बासिन्दा हुन् । २०५२÷०५३ देखि पत्रकारिता, साहित्य लगायतका सिर्जनशील क्षेत्रमा लाग्दै आएका तिम्सिना गएको कार्यकालमा पथरीशनिश्चरे नगरमा पाँच वर्ष सूचना संयोजक भएर काम गरेका थिए । 
    नगरपालिकाले पहिलो पटक २०७८ मा अग्रज पत्रकारको रुपमा रातोकलम अनलाइनको प्रधानसम्पादक अर्जुन जम्नेली राईलाई सम्मान दिएको थियो । त्यसपछि मोहन भट्टराई, फिपराज बेघा लिम्बू सम्मानित भएका थिए । 
    क्रियाशिल पत्रकारिता पुरस्कार दिनेश सुब्बा, कुमार खड्का, मिडिया हाउसहरु अनमोलमणी, कुरकुरे साप्ताहिक, प्रदेश दैनिक अनलाइन पुरस्कृत भइसकेका छन् । 
    पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं नगरका प्रवक्ता नवीन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुखसमेत रहेका कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद तुम्वापो, १ नं. वडा अध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य मिना तामाङ, नगरको आर्थिक प्रशासन प्रमुख पिताम्वर वस्ती, योजना प्रमुख शिव राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । 
        कार्यक्रममा लेखनवृत्ति सहजिकारण तथा मूल्याङ्कग कर्ता अजुृन जम्नेली राईद्वारा तयार पारिएको प्रतिवेदन वाचनपछि नगर प्रमुख तुम्बापो र प्रवक्ता नवीन कार्कीलाई बुझाएका थिए । यो पटक १३ जना पत्रकारलाई जनही नगद १० हजारको दरले लेखनवृत्ति प्रदान गरिएको थियो । 

    ‘पत्रकारिता क्षेत्र समाजको तेस्रो आँखा हो’ः नगर प्रमुख तुम्बपो

    सम्मान, पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहन तुम्बापो लिम्बूले पत्रकारिता क्षेत्र समाजको तेस्रो आँखाको संज्ञा दिदै सचेत गराइरहनु पर्ने बताएका छन् ।
    नगरपालिकामा कमिकमजोरी भए सहि, गलत छुट्यार पत्रकारहरुले सच्याउने मौका दिनुपर्ने बताए । काम गर्ने क्रममा कहिले काँही त्रुटि भइहालेमा सहि दिशामा ल्याउन सञ्चार क्षेत्रको भूमिका हुने तुम्बापोले बताए । 
    नगर प्रमुख तुम्बापोले चालु आर्थिक वर्षमा संघबाट ८ करोड बजेट काटिएर आएको र आर्थिक वर्ष २०८१÷०८२ मा घाटा बजेट ल्याएको बताए । 
    ‘सूचना तथा सञ्चार कार्यविधि—२०७५’ नगरको राजपत्रमा प्रमाशित नभएकोले कानूनी मान्यता नपाएको र आगामी दिनमा संशोधनसहित कानूनी मान्यता दिलाइने बताए । 
    कार्यक्रममा सम्मानितहुनेहरुको तर्फबाट भूपेन्द्र तिम्सिना, नेपाल पत्रकार महासंघको कार्यबाहक अध्यक्ष मोहन भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १ नं. वडा कार्यालयले आज एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आगामी…

मोरङ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज एक दिवसीय एआई (कृत्रिम बुद्धिमत्ता) र मोबाइल जर्नालि…

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ ले विपन्न परिवारलाई निशुल्क बाख्रा र सुँगुरको पाठा …

मोरङ ।  मोरङको उर्लाबारीमा सोमबार साँझ टिप्परको ठक्करबाट उर्लाबारी वडा नम्बर ६ की सीता बोहोराको घटन…