• मोरङ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज एक दिवसीय एआई (कृत्रिम बुद्धिमत्ता) र मोबाइल जर्नालिजम सम्बन्धी तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी प्रमुख आतिथ्यतामा भएको थियो  ।
    तालिमका मुख्य सहजकर्ताहरूमा रबिराज बरालले एआई सम्बन्धी, भीषण राईले मोबाइल जर्नालिजम (मोजो), र यज्ञ शर्माले मोरङको पत्रकारिताको इतिहासबारे प्रशिक्षण दिएका थिए ।
    यस तालिमले पत्रकारहरूलाई आधुनिक प्रविधि र नवीनतम पत्रकारिता शैलीसँग परिचित गराउने उद्देश्य राखेको थियो । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पत्रकारिता क्षेत्रमा एआई र मोबाइल प्रविधिको बढ्दो महत्वबारे जोड दिए। उनले यस्ता तालिमहरूले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
    महासंघका कार्यबाहक अध्यक्ष भट्टराईले भने यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिने र पत्रकारहरूलाई समयानुकूल सीप र ज्ञानले सुसज्जित गराइने प्रतिबद्धता व्यक्त गरे ।
    सहभागी पत्रकारहरूले यस तालिमलाई अत्यन्त उपयोगी र समयानुकूल भएको प्रतिक्रिया दिएका छन्। । उनीहरूले यसबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो दैनिक पत्रकारिता अभ्यासमा प्रयोग गर्ने बताएका छन्। । तालिममा करिब सय जना पत्रकारहरूको सहभागिता रहेको अर्का कार्यबाहक अध्यक्ष तारा आचार्यले जानकारी दिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…