• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १ नं. वडा कार्यालयले आज एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरी आगामी पाँच वर्षको आवधिक विकास योजना निर्माणको लागि छलफल मार्फत सुझाब पेश गरेको छ । 
    वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय उद्योगी व्यवसायी र वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
    कार्यक्रममामा पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङ, नेकपा एमाले वडा समिति प्रदिप राई, नेपाली कांग्रेसका सुमन बि।क।, नेकपा (एकीकृत समाजवादी) का धनप्रसाद साम्बा, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनकुमार श्रेष्ठ, पथरी कृषि बजार समिति अध्यक्ष राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो । 
    योजना निर्माणको लागि पथरीशनिश्चरे नगरपालिकाले सार्प स्टडी रिसर्च सेन्टरलाई जिम्मेवारी दिएको थियो । सेन्टरका अनुसन्धानकर्ताहरू राज पोख्रेल र प्रकाश पाण्डेले कार्यक्रममा विवरण प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले पञ्चवर्षीय योजनाले वडाको समग्र विकासमा टेवा पुग्ने बताए । नगरको सभा हलमा भएको कार्यक्रम वडा सचिव मित्रकला चापागाईले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…