• नेपालको संसोधित शिक्षा ऐन २०४६ अन्तर्गत २०४९ सालदेखि प्लस टु शिक्षाको आरम्भ नेपालमा भएको हो । यो तह सञ्चालन गर्न कम्तिमा त्रि.वि. अन्तर्गत उपप्राध्यापक सो सरहको सुविधा दिने सर्तमा स्नातकोत्तर तह पास गरेको शिक्षकको आवस्यकता पथ्र्यो जसअनुसार अहिले ११ र १२ कक्षमा पढाउने शिक्षकहरु सोह अनुरुप पुर्णकालीन शिक्षकको रुपमा नेपालभर करीब ३० हजारको हाराहारीमा रहेका छन् । आज प्लस टु स्थापना भएको करीब २५ वर्ष जति भयो र करिव २५ वर्षको उमेरदेखि प्लस टु पढाउन प्रवेश गरेका शिक्षकहरु आज ५० वर्ष पुगे तर बिडम्बना अहिले आफ्ना सेवा सुविधा प्रप्त गर्नबाट बञ्चीत रहेको देखिन्छ । भर्खरै माध्यमीक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को पहिलो पटक १ नम्बर प्रदेश स्तरीय प्रदेश सम्मेलन आयोजक समिति गठन भएको छ यसै बिषयमा हिस्टानका १ नम्बर प्रदेश संयोजक राजेश बस्नेत संग विवेक मिश्रले गरेको कुराकानी ............

    हिस्टान भनेको के हो ?
    प्लस टु अर्थात ११ र १२ पढाउने शिक्षकहरुको पेसागत छाता संगठन हो ।

    हिस्टानले के काम गर्छ ?
    यो संस्था ट्रेड युनीयनमा पनि आबद्ध रहेको संस्था हो , यसले शिक्षहरुको पेसागत सुनिस्चीतता तथा स्थायीत्वको लागी निरन्तर लडिरहन्छौ ।

    तपाईहरुको मुख्य माग चै के हो ?
    सरकाले दिएको देशभरी रहेका ४ हजार अनुदान कोटालाई दरबन्दीमा परिणत गर्ने र छ हजार दरवन्दि कोटालाई बिषेस प्रकारको प्रकृया अपानाई स्वतह स्थायी गर्नुपर्ने माग रहेको छ । यस बिषयमा १ नम्बर प्रदेशका मुख्य मन्त्री र सामाजीक बिकास मन्त्री जीवन घिमिरेलाई मन्त्रालयमा गएर ध्यानाकर्षण गराई सकेका छौँ ।
    माग पुरा नभए के गर्ने ?
    भर्खरै सरकार बन्ने चरणमा देश रहेकोले केहि समय पर्खीने र बेवास्था भएमा केन्द्र सरकार र राज्य सरकार बिरुद्धमा संघर्षको संखघोष गर्ने छौ ।

    राज्यले तपाईहरुलाई कसरी हेरेको छ ?
    राज्यले पुरै वेवास्था गरेको छ, आज प्लस टु स्थापना भएको करीब २५ वर्ष जति भयो र करिव २५ वर्षको उमेरदेखि प्लस टु पढाउन प्रवेश गरेका शिक्षकहरु आज ५० वर्ष पुगे तर बिडम्बना अहिले आफ्ना सेवा सुविधा प्राप्त गर्नबाट बञ्चीत रहेको देखिन्छ । अब ती शिक्षकहरु खालीहात अवकास हुदैछन् । तर हामी त्यसो हुन दिदैनौ लडेर पनि आफ्नो अधिकार लिन्छौ ।
    अहिले दिएको ४ हजार अनुदान र २ हजार दरवन्दि दिएको छ त्यो चै के हो ?
    हिस्टानले लामो संघर्षरत आन्दोलनको कारण आशिंक रुपमा ४ हजार अनुदान कोटा र २ हजार दरवन्दी कोटा ०७१ सालको बजेट बाट हासिल गर्न सफल भएको छौ जसलाई आशिंक उपलब्धीको रुपमा लिएका छौ, अझैपनि धेरै शिक्षकहरु बाहिर हुनुहुन्छ लामो समय देखि काम गरीरहनुभएको छ त्यसका लागी पनि अब संघर्षको बाटो बाहेक अन्य बाटो छैन ।
    सरकारी शिक्षक संगसंगै निजी शिक्षकहरु पनि उत्तिकै छन् ति शिक्षकहरुलाई कसरी हेर्नुहुन्छ ?
    हिस्टान भनेकै सरकारी तथा निजी दुबै शिक्षकहरुको साझा शिक्षकहरुको संस्था हो र हामिले निजी प्लस टु पढाउने शिक्षकहरुको नियुक्तिपत्र ,सेवा, सर्त र सुबिधाहरुको सनिश्चितता गर्नका लागी सरकार मार्फत सम्बन्धीत निजी संस्थाहरुलाई अनिवार्य रुपमा लागु गर्न दवाब दिने काम गरीरहेका छौ त्यसैले निजी प्लस टुमा पढाउने शिक्षकहरु पनि हाम्म्रा अभिन्न अंग हुन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…