• मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१ मा स्थापित नमुना घोषित पञ्चायत माविबाट कक्षा १२ को परीक्षा नजिताको समीक्षा तथा भावि शैक्षिक कार्यक्रम निर्माण सम्बन्घि छलफल भएको छ । 
    विद्यालय व्यवस्थापन समितिको आयोजनामा आज (बिहिबार) विद्यालय प्रशासन, विभिन्न संकाय (समूह) प्रमुखहरु, बिषय शिक्षक तथा व्यवस्थापन समितिवीच समीक्षा तथा भावि कार्यक्रम सम्बन्धि छलफल भएको हो । 
    कक्षा १२ (बोर्ड, एसएलसी) परीक्षाको नजिता सार्वजनिक भएपछि पञ्चायत माविले ल्याएको नजिताबारे बिषय शिक्षकहरु समेतको उपस्थितिमा छलफल, समीक्षा तथा भावि योजना सम्बन्धि छलफल भएको हो । 
    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा भएको कार्यक्रममा छलफलको प्रस्ताव तथा उदेश्य बारे प्रधानाध्यापक अर्जुन बुढाथोकीले बिषय राखेका थिए । 
    पञ्चायत माविमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा, मानविकी, कानून, ऐच्छिक विषयहरुमा पत्रकारिता, फाइन आर्ट (कला, चित्र, मूर्ति) लगायतको बिषयमा पठनपाठनहुँदै आएको छ । 
    पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । माविमा अग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ । कक्षा कोठा, चमेना गृहदेखि शैचालय लगायतको भौतिक संरचना र शैक्षिक गुणस्तर भएकोले पछिल्लो समयमा विद्यार्थीको चाप बढेको छ । 
    यसैवीच शैक्षिक सत्र २०८० को नजिताको समीक्षापछि थप गुणस्तर र नजिता अझ उत्कृष्ट बनाउने उदेश्यले छलफलको आयोजना गरिएको प्रअ बुढाथोकीले बताए । 
    पञ्चायत माविले तुलनात्मक रुपमा कम शुल्क लिएर विज्ञान समूहमा राम्रो नजिता हाँसिल गर्दै आएको छ । यो बर्ष विज्ञान समूहका केमिस्ट्रीमा ३, अनिवार्य नेपालीमा २, बायलोजी र फिजिक्समा १÷१ जनाले ए प्लस ल्याएका छन् । यद्यपि यीनै दुई विषयमा अन्य विषयभन्दा बढी एनजी (फेल) पनि आएको छ । 
    विज्ञानको तुलनामा सिभिल इन्जिनियरका विद्यार्थी कम उतिर्ण भएका छन् । यो समूहमा फ्युइड मेकानिकमा सबैभन्दा बढी एनजी, त्यसपछि केमिस्ट्री र मेकानिक्स स्टचरमा एनजीको संख्या रहेको छ ।
    विज्ञान, इन्जिनियरिङपछि कानून, फाइन आर्ट र व्यवस्थापनमा राम्रो नजिता आएको छ ।  व्यवस्थापनमा एकाउन्टिङ र बिजिनेस स्टडीमा बढी एनजी आएको छ । 
    शिक्षा र मानविकी समूहबाट मास कम्युनिकेशन (पत्रकारिता) बिषयमा सबैभन्दा बढी करिव ८२ प्रतिशत विद्यार्थी उतिर्ण भएको तथ्याङ्क सार्वजनिक भएको छ । शिक्षा समूका इन्टक्सनल पेडागोजी, अनिवार्य अंग्रेजी, मानविकीतर्फ अनिवार्य अंग्रेजी र समाजिक अध्ययनमा एनजी बढी आएको छ । 
    छलफलमा विद्यार्थीले उच्च र न्युन अंक प्राप्त गर्नुको कारणहरु बारे विभाग प्रमुख, बिषय शिक्षकहरुले अनुभाव र भावि दिनमा सुधारेर लाने बिषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । विज्ञान र सिभिल इन्जिनियरिङमा निरन्तर कोचिङ कक्षासमेत चल्दै आएको छ । छलफलमा बिषय शिक्षकहरु जिम्मेवारहुनुपर्ने, नजिता वृद्धिको साथै विद्यार्थीले विद्यालयमा सिकेका कुराहरु जीवनमा लागून गर्न सक्ने वातावरण तयार पार्नुपर्ने सुझावहरु आएको छ ।
     विगत बर्षहरुभन्दा यस बर्ष विज्ञान र सिभिल इन्जिनियरिङको नजिता खस्किनुको करणहरु बारे छलफल भएको थियो । छलफलले शैक्षिक वातावरणको निर्माण र नजिता ल्याउन अझ मेहनत गर्नुपर्ने निष्कर्ष आएको छ । समापन मन्तव्य दिदै अध्यक्ष युवराज बास्कोटाले यस्ता बैठकहरु निरन्तर हुने र थप उत्कृष्टता हासिल गर्नुपर्ने बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ ।&n…

मोरङ । पहिचावादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१&…

मोरङ पथरीशनिश्चरे नगरका दिपेन्द्रराज तिम्सिनाको १२ पुस्तक ’गुमनाम एक इतिहास बिसे नगर्ची’ प्रका…

मोरङ । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शनिबार साँझ मोरङ पथरीशनिश्चरेको पथरी…