• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२’ को हिसाव सार्वजनिक गरेको छ । 
    आफ्नै कार्यालयमा शनिबार पत्रकार भेटघाटको आयोजना गरी आय, व्याय सार्वजनिक गरेको हो । गत कार्तिक १५ देखि २२ गतेसम्म आयोजना भएको फुटबल प्रतियोगितामा भारतको एक सहित आठ वटा टिम सहभागी थियो । 
    फुटबल प्रतियोगितामा ४५ लाख ४० हजार १५० आय र ४२ लाख ३६ हजार २०० खर्च भएर ३ लाख ३ हजार ९५० बचत भएको क्लवका अध्यक्ष सुमन बिकले बताउनु भयो । 
    गोल्डकप प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिकाले ७ लाख ५० हजार, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेसनबाट ५ लाख प्राप्त भएको थियो । टिकट विक्रीबाट ८ लाख १४ हजार ६००, अन्य सहयोगदाता र प्रायोजकहरुबाट रकम संकलन भएको क्लवका सचिव केशर राईले बताउनु भयो । 
    व्यायतर्फ प्रथम र दोस्रो नगद पुरस्कार ७ लाख ५० हजार, स्टेज साउण्ड सिस्टम, प्याराफिट निर्माणमा ७ लाख ५० हजार, खेलाडीलाई फियर (भाडा) ९ लाख ६५ हजार ७००, रेफ्री खर्च २ लाख २२ हजार ५ सय, भिडियो २ लाख  लगायत खर्च रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    क्लवका अध्यक्ष सुमन बिक, सचिव केशर राई र खेल संयोजक उदयकुमार राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा पथरी—११ फुटबल क्लवले युवा जनशक्तिलाई सहि मार्ग दर्शन गर्न थोरै भएपनि सहयोग पु¥याएको दाबी गरिएको छ । 
    पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशनका नेपाल प्रमुख राम बानियालाई सम्मानपत्र, सहयोगी सञ्चार कर्मीहरु र सहयोग दातालाई कदरपत्र प्रदान गरिएको थियो । 
    प्रथम गोल्डकपको तुलनामा दोस्रो दर्शक उपस्थिति, लोकप्रिय खेलाडीको सहभागीताको हिसावले पनि भव्य भएको थियो । 
    प्रतियोगितामा पथरीशनिश्चरे नगरको मात्र खेलाडी सेटमा रहेपनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलेका थिए । पथरी—११ फुटबाल क्लवले ब्रिगेड ब्वाइज लालितपुर, एनआरटी काठकाडौलाई पराजित गर्दै शलहेस युवा क्लव सिराहासँग फाइनल खेलेका थिए । 
    फाइनलमा कडा प्रतिष्पर्धा गर्दै २—१ गोलको अन्तरले पथरी—११ फुटबल क्लवले दोस्रो पुरस्कार जितेको थियो । 
     

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …